कृष्ण मोहन साह
सेढवा,पर्साको जगरनाथपुर गाँउपालिकामा सन्देश यादवले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्नुभएको छ । बुधवार हाजिर हुनुभएका यादवको कार्यालयमा स्वागत गरिएको हो भने कार्यालयबाट सरुवा हुनुभएका अर्का प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन यादवको बिदाइ गरिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत सन्देश यादव रौतहटको देवाही गोनाही नगरपालिकाबाट सरुवा भइ जगरनाथपुर गाँउपालिकामा आउनुभएको हो । अधिकृत यादवलाई गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादव, उपाध्यक्ष बबिता सिंह क्षेत्री तथा जनप्रतिनिधिहरुले फूलमाला लगाएर स्वागत गरेका थिए ।त्यस्तै जगरनाथपुर गाउँपालिकामा विगत करिब साढे दुई वर्षदेखि कार्यरत प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्दन राय यादवको पनि बिदाइ गरिएको छ । अधिकृत यादव बारा जिल्लाको देवताल गाउँपालिकामा सरुवा हुनुभएको छ ।

Leave a Reply