बर्दिवास,नेकपा एमाले मधेस प्रदेशको पहिलो अधिवेशन जनकपुरमा हुनेभएको छ ।प्रदेश कमिटीको सोमवार महोत्तरीको बर्दिबासमा बसेको बैठकले आगामी असोज ५ र ६ गते मधेस प्रदेशको राजधानी जनकपुरधाममा गर्ने निर्णय गरेको हो । एमालेले विधान शंसोधन गरेर प्रदेश कमिटीका पदाधिकारी र सदस्य पनि निर्वाचन प्रणालीमार्फत चयन गर्ने व्यवस्था गरेपछि मधेस प्रदेशमा पहिलो पटक अधिवेशन हुन लागेको हो । यसअघि देशका ७ वटै प्रदेश कमिटीहरुले समन्वय कमिटीको रुपमा काम गर्दै आएको र कमिटीका पदाधिकारी र सदस्यहरुको चयन केन्द्रीय कमिटीबाट हुदैआएको थियो ।एमाले मधेस कमिटीका अध्यक्ष रामऔतार यादबको सभापतित्वमा र केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज योगेश भट्टराइको प्रमुख आतिथ्यतामा भएको बैठकले सदस्यता नविकरणको काम असार २५ गतेसम्म सक्ने, असार भरिमा मधेश प्रदेशका आठ वटै जिल्लाको वैठक सम्पन्न गर्ने, नयाँ सदस्यता प्रदान भदौ १५ सम्म गरिसक्ने, आगामी भदौ २० गते जनसंगठन र पुस महिनासम्म पार्टी तथा सबै स्थानीय कमिटीको अधिवेशन सक्ने निर्णय गरेको छ ।जनकपुरधामा हुने अधिवेशनको लागि विभिन्न उपसमिति पनि बैठकमा घोषणा गरिएको छ । बैठकमा स्कुल विभाग संयोजक पुरुषोत्तम पौडेल, प्रचार संयोजक अरविन्द सिंह र जनसंगठन संयोजक सरोज यादवले भदौसम्मको लागि आआफ्नो विभागको कार्ययोजना पेश गर्नुभएको थियो ।बैठकमा मधेस प्रदेशका आठ जिल्लाका इन्चार्ज, पार्टी मधेस प्रदेशका केन्द्रीय सदस्य, संघीय एवं प्रदेश सांसद, विभिन्न केन्द्रीय विभागका जिम्मेवार नेता सहित प्रदेश कमिटीका सदस्यको सहभागीता थियो ।बैठकमा प्रदेश उपाध्याक्ष रेबती पन्तले निर्णय भएका विषय र उपसचिव आरती भण्डारीले विभिन्न प्रस्तावहरु वाचन गर्नुभएको थियो ।त्यसैगरी बैठकले विभिन्न प्रस्ताव पारित गर्दै कृषकलाई रसायनिक मलको व्यवस्था गर्न, प्राकृतिक श्रोतको दोहन रोक्न, प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्युनीकरणका काम गर्न, सुकुम्वासीका समस्या समाधान गर्न, घरेलु हिंसा, महिला एवं अन्य प्रकारका विभेद अन्त्य गर्न, एमाले कार्यकर्ता एवं सर्वसाधारणमाथि झुटा मुद्दा लगाएकोले फिर्ता लिन, विगतमा एमाले सरकारले मधेसमा ल्याएको विकास योजनाहरुलाई निरन्तरता दिन, काठमाडौ तराई द्रुतमार्ग चाडो बनाउने आदि विषयमा ध्यानाकर्षण गराएको छ ।बैठकमा बोल्दै प्रदेश कमिटी इन्चार्ज योगेश भट्टराईले दक्षिण एसियामा सबैभन्दा बलियो संगठन र धेरै कार्यकर्ता भएको पार्टी एमाले भएको बताउनुभयो ।पार्टीको हरेक निर्णय प्रक्रियामा कार्यकर्तालाई सहभागी बनाउने पद्दति एमालेले विकास गरेको उल्लेख गर्दै पार्टी संगठन र विचारको दृष्टिकोणबाट नेपालको सबैभन्दा अब्बल दल पनि एमाले नै भएको दाबी गर्नुभयो ।उहाँले पार्टीले अङ्गिकार गरेको जनताको बहुदालीय जनवाद जस्तो प्रष्ट सिद्धान्त अरु कुनै पार्टीमा नभएको पनि बताउनुभयो ।बैठकमा पोलिटब्युरो सदस्यहरु पुरुषोत्तम पौडेल, सुमन प्याकुरेल, अच्युत मैनाली, ज्वाला साह, लिला श्रेष्ठ, रामदयाल मण्डल, जुली महतो र मन्जु चौधरी तथा केन्द्रीय सद्स्य र प्रदेश कमिटी सद्स्यहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here