सिमरा,२४ औं सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल, प्राविधिक तालिम शिक्षालय बारा पथलैयाले बुधवार रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।कार्यक्रममा एक महिलासहित ५९ जनाले रक्तदान गरेका छन् । प्राविधिक शिक्षालयका सशस्त्र प्रहरी उपरीक्षक इञ्जिनियर सञ्जयकुमार मण्डलले रगत दान गरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।कार्यक्रममा प्रकाश पाण्डे, सरोज ढकाल, सीमा गुरुङलगायत ५९ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक जितेन्द्र कुश्वाहले बताउनुभएको छ ।

Leave a Reply