अनिल तिवारी
सिमरा –  बाराको जीतपुरमा क्षय रोग नियन्त्रणका लागि ५ वार्षिय रणनितिक योजना २०२१–२६ निर्माणका लागि उद्योगका मजदुरहरुसंग फोकश ग्रुप डिस्कसन कार्यक्रम सम्पन्न भएको छ । प्रदेश नम्बर २ मा क्षय रोग न्युनिकरण गर्न विविन्न समुहहरु बिच यो कार्यक्रम आयोजना गर्दै आएको र सोहि योजना अन्तरगत बुधवार राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको आयोजना र प्रदेश स्वास्थ्य निर्देशनालयको समान्वयमा यो कार्यक्रम जीतपुरमा सम्पन्न भएको हो ।

 

 

 

यस कार्यक्रम अन्तरगत यहाँ भन्दा पहिला नितिनिर्माण कर्ताहरु, स्वास्थ्य कर्मि, पिछडिएका समूह मुसहर समुदाय, नेपाल भारत सिमा क्षेत्रमा कार्यरत स्वास्थ्य कर्मि, निजी औषाधालय लगाएतसंग ग्रुप डिस्कसन कार्यक्रम सम्पन्न भएको बागमति सेवासमाजका कार्यक्रम अधिकृत संतोष गुप्ताले जानकारी दिनुभयो ।

 

 

 

 

 

 

क्षय रोग नियनत्रणमा अबको पाँच वर्षे योजना बनाउन लक्षित समुहहरुसंग राय सुझाव संकलन गरी कार्यक्रमलाई अगाडी बढाउन यस कार्यक्रमको आयोजना गरीएको प्रदेश स्वास्थ्य निदर्देशनालयका क्षय कुष्ट अधिकृत राजबिर यादबले जानकारी दिनुभयो ।

 

 

 

 

कार्यक्रममा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र सानोठिमि भक्तपुरका विशेषज्ञ डा. राजेन्द्र पन्त, गोकुल मिश्र, स्वास्थ्य कार्यालय पर्साका क्षयकुष्ट अधिकृत रामदुलार यादब, सेभ द चिल्ड्रेनका राजेश साह, स्वास्थ्य चौकि बेलवाका ईन्चार्ज अहमदरेजा अंसारी लगाए जीतपुरसिमरा औद्योगीक करिडोर मजदुरहरुको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here