बिदुर खडका
डुमरवाना,पाठेघरको मुखको क्यान्सरबाट बच्नको लागिलगाइने एचपिभिखोपको विषयमा केहि सामाजिक संञ्जालहरुमा नकरात्मक टिकाटिप्पणी आइरहेको बेला जीतपुरसिमरा उपमहानगरपालिकाका जनस्वास्थ प्रमुख रवि भाष्करले भने त्यस्ता टिकाटिप्णीप्रति सत्यता नरहेको प्रतिक्रिया दिनुभएको छ ।
खोपको विषयमा थप कुनै आशंका भए सोको लागि नेपाल सरकारको टोल फ्रिनम्बर १११५ मा सम्पर्क गर्नसमेत सकिने भाष्करको भनाई छ ।जीतपुरसिमरा उपमहानगरपालिकालगायत देशभरिका स्थानीय पालिकाले १० देखि १४ वर्षका किशोरीहरुलाई पाठेघरको मुखमा हुने क्यानसरबाट बच्ने खोप दिने भएका छन ।यही माघ २३ गतेदेखि प्रत्येक विद्यालयमा पुगेर स्वास्थ्यकर्मीहरुले किशोरीहरुलाई सो खोप दिने र विद्यालयमा नजानेहरुको हकमा भने सार्वजनिक स्थानमा खोप लगाउने नगर स्वास्थ्य प्रमुख भाष्कर बताउनुहुन्छ ।
नेपालमा प्रत्येक दिन ४ जनामहिलाहरु पाठेघरको क्यान्सरबाट मृत्यु हुने गरेको कारण सरकार र दाता राष्ट्रहरुको सहयोगमा खोप उपलब्ध हुने जनस्वास्थ्य निरीक्षक सदन जैसवालको भनाईछ । महिलाहरुको लागि यो खोप ९८ प्रतिशत प्रभालकारी रहेको स्वास्थ्यकर्मीहरुको दाबी छ । जीतपुरसिमारा नगर क्षेत्रभरि ७हजार ८ सय ५१ ज्ना किशोरिलाई खोप दिने लक्ष्य रहेको भाष्करले जानकारी दिनुभयो ।