राजन कुमार बानिया
पोखरिया,पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर २ मा रहेको श्री नवगाँवा माध्यमिक विद्यालय चारगाँहाको भवन सोमवार राति आफै भत्किएको छ ।विद्यालय भवन भत्किएपछि विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरुसमेत आश्चर्यमा परेका छन । विद्यालयका प्रधानाध्यापक गगनदेव यादव का अनुसार विद्यालय भवन १२ वर्षदेखि जिर्ण अवस्थामा थियो । केही समयदेखि उक्त भवनमा पठनपाठनसमेत रोकिएको थियो ।

सोमवार श्री सरस्वती पूजा गरि मूर्ति कर्न करिव २ दर्जन विद्यार्थीहरु सोही विद्यालयको अर्को भवनमा सुतेका थिए । रातको समयमा भवन एक्कासी ढलेपछि विद्यार्थी र शिक्षकहरुमा त्रास फैलिएको थियो । प्रअ यादवका अनुसार यो विद्यालयमा करिब ११ सय विद्यार्थीहरु अध्ययन गर्दैआएका छन ।सरस्वती माताको पूजाको दिन दिउसोको समयमा भवन ढलेको भए ठूलो क्षति हुनसक्ने आशंका गरिएको छ । तर रातिको समयमा भवन ढलेकाले कुनै मानवीय क्षति नभएको प्रअ यादवले बताउन्ुभयो ।

Leave a Reply