नरेश गुप्ता

बरियारपुर,सिम्रौनगढ नगरपालिकाको वडा नम्बर १ का नवनिर्वाचित वडा अध्यक्ष दिनदयाल मुखिया बिनले सोमबार एक कार्यक्रमबीच वडा अध्यक्षको पदभार ग्रहण गर्नुभएको छ । पदभार ग्रहण गर्दै नवनिर्वाचित वडा अध्यक्ष मुखिया बिनले वडाबासीलाई धन्यवाद दिनुभएको छ । सम्पुर्ण वडाबासीको मत पाएर निर्वाचित भएको भन्दै उहाँले आफूलाई विजयी गराउन मतदान गर्ने सबैलाई धन्यवाद दिनुभएको हो । उहाँले आफू जनताको सेवकको रुपमा काम गर्ने पनि बताउनुभएको छ ।

 

उहाँले सिम्रौनगढमा संचालन गर्न लागिएको एम्बुलेन्स सेवा कलैया र वीरगन्जसम्म निशुल्क गर्न सकिए जनताले थप राहत पाउने पनि बताउनुभएको छ । नगर कार्यपालिका बोर्ड बैठकमा आफूले सो कुराको प्रस्ताव राख्ने पनि बताउनुभयो । यसबाट सिम्रौनगढ नगरपालिकाबाट उपचारको लागि बाहिर जाने बिरामीहरुलाई लाभ पुग्ने पनि उहाँले बताउनुभयो । साथै अगामी आर्थिक वर्षको लागि वडाको बजेटबाट वडाबासीको हितको लागि एम्बुलेन्स खरिद गर्ने पनि उहाँले जानकारी दिनुभयो ।

त्यस्तै महागढीमाई नगरपालिका वडा नम्बर २ बरियारपुरका नवनिर्वाचित वडा अध्यक्ष विश्वनाथ प्रसाद कुशवाहाले पदभार ग्रहण गर्नुभएको छ ।

महागढीमाई नगरपालिकाका ११ वटा वडामध्ये सबैभन्दा बढी चर्चामा रहने वडा नम्बर २ मा श्री गढीमाई ट्रष्टका उपाध्यक्ष एवम् समाजसेवी कुशवाहा अध्यक्ष पदमा निर्वाचित हुनु भएको छ । पदभार ग्रहण कार्यक्रममा उहाँले आफूलाई मत दिएर विजयी तुल्याउने मतदाताप्रति अभार व्यक्त गर्नुभएको छ ।

पदभार ग्रहण गर्दै वडा अध्यक्ष कुशवाहाले बरियारपुर बजारलाई विश्वमा चिनाउने गरी काम गर्ने पनि बताउनुभयो ।

Leave a Reply