पुष्पराज खतिवडा
बारा,कलैया उपमहानगरपालिका वडा नम्बर २१ को भोडहामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडमा बुधवार राति नगद र सिसीटिभीको डिभाईस चोरी भएको छ ।चोरहरुको समुहले संस्थाबाट १८ हजार नगद र सिसीटिभीको डिभाईस् चोरी गरेर लगेको संस्थाले जनाएको छ ।

संस्थाको कार्यालय भवनको माथिल्लो झ्यालको ग्रिल भाँचेरभित्र पसेका चोरहरुले संस्थाका प्रबन्धक बस्ने कोठामा रहेको दराज फोडेर नगद लगेको हो । भवन निर्माणको बालुवा खरिद र लेबर÷मिस्त्रीलाई ज्याला भुक्तानी गर्न भनेर दराजभित्र राखिएको नगद रकम चोरी भएको संस्थाका प्रबन्धक नगिनाप्रसाद साहले जानकारी दिनुभयो ।

गत चैत्र ९ गते समेत सोही संस्थामा चोरी भएको थियो । त्यसबेला २ हजार नगद र डिभाईस चोरी भएको थियो । यसपटक चोर समुहले प्रबन्धकको जिम्मामा रहेको नगद चोरी गर्नुका साथै दराजका घर्रा र ढोकाहरुमा समेत क्षति पु¥याएको संस्था संचालक समितिका अध्यक्ष पुनदेवप्रसाद रौनियारले जानकारी दिनुभयो ।

Leave a Reply