आरके राजन

सिम्रौनगढ,राष्ट्रपती रामचन्द्र पौडेलद्वारा प्रमाणीकरण गरिएको नागरिकता सम्बन्धि बिधयकलाई सर्वोच्च अदालतले गरेको निर्णयको बिरोध गर्दै सोमवार बाराको सिम्रौनगढ बजारमा प्रदर्शन गरिएको छ ।सिम्रौनगढ क्षेत्रका युवा, विद्यार्थी र सर्वसाधारण सम्मिलित सो जुलुसका सहभागीहरुले ‘आमा बुवा नेपालको हामी चाहिँ कहाँको’ भन्ने नारा लगाएका थिए ।त्यसैगरी सर्वोच्च अदालत, नागरिकता ऐन विरुद्ध रहेका दलहरु विरुद्ध पनि उनीहरुले नाराबाजी गरेका थिए ।
जुलूसका सहभागीहरुले सिम्रौनगढ बजार परिक्रमा गरि ईलाका प्रहरी कार्यालय हुँदै ईलाका प्रसाशन कार्यालय सिम्रौनगढअगाडि पुगेर एक घन्टासम्म सडक अवरुद्ध पारेका थिए । नेजामोदिन मियाको नेतृत्वमा निस्केको सो जुलुसमा ६० जनाको सहभागिता रहेको थियो ।

Leave a Reply