निजगढ,निजगढस्थित गौरीशंकर कलेजको १५ औं बाषिकोत्सव कार्यक्रमबीच शुक्रबार आयोजना गरिएको छ ।

बारा क्षेत्र नम्बर १ क बाट प्रदेश सभा सदस्य त्रिलोकी चौधरी प्रमुख अतिथिको रुपमा उपस्थित हुनु भएको थियो । कार्यक्रममा बोल्दै सभासद चौधरीले आगामी दिनमा कलेजको विकासको लागि आफुले सकेको सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका निजगढ नगर अध्यक्ष दिलबहादुर लामा, नेपाली काग्रेशका नगर सचिव मधु तिमल्सिना, राप्रपाका नगर अध्यक्ष खडक उप्रेती, नेकपा एकिकृत समाजवादीका नगर अध्यक्ष भिमसेन सापकोटा, निजगढ उद्योग बाणिज्य संघका अध्यक्ष रामकृष्ण नेपाललगायतले कार्यक्रम सफलताको लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।

कलेज संचालक समितिका अध्यक्ष एकबहादुर श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा क्याम्पस प्रमुख रामप्रसाद गौतमले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने शिक्षक जीवन काफ्लेले क्याम्पसको शैक्षिक प्रगति तथा लेखापाल दिपक श्रेष्ठले आयव्याय विवरण पेस गर्नु भएको थियो । कार्यक्रममा कलेजको भवन निर्माणमा सहयोग गर्ने दाताहरुलाई सम्मान गरिनुको साथै विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here