सिमरा,बाराको जीतपुरसिमराको जीतपुर बजारमा फेरि पनि खसीको मासु भनेर उपभोक्तलाई बाख्राको मासु बिक्री गर्ने गरेको पाइएको छ ।यसअघि पनि प्रहरीले खसीको भनेर उपभोक्तलाई बाख्राको मासु बेच्ने एकजना व्यवसायीलाई नियन्त्रणमा लिएको थियो ।

स्थानीय एक ग्राहकले दिएको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सिमराले जीतपुरस्थित समीर फ्रेस हाउसबाट मासु नियन्त्रणमा लिएको हो । प्रहरी अनुसार, समीर फ्रेस हाउसले खसीको मासु भनेर बाख्राको मासु बेचिरहेको पाइएको हो । उपभोक्ताको उजुरीपछि अनुसन्धान गर्दा अनियमितता पुष्टि भएको र तत्काल मासु नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

फ्रेस हाउसका सञ्चालक भने घटनापछि फरार रहेका छन् र प्रहरीले खोजी कार्य सुरु गरेको छ ।
यसअघि पनि जीतपुर बजारमा रहेको मुस्कान फ्रेस हाउसमा प्रहरीले छापा मारेर यस्तै खालको अनियमितता फेला पारेको थियो । उक्त घटनामा सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।स्थानीय उपभोक्ताहरूले पटक–पटक यस्तो घटनाको दोहोरिनु उपभोक्ता ठगी र स्वास्थ्यमा गम्भीर खेलवाड भएको भन्दै कडा कारबाहीको माग गरेका छन् । स्थानीय प्रशासनले यस्ता मासु व्यवसायमा निगरानी कडाई गर्न जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ रजघट्टाका शिव अधिकारीले अनुरोध गर्नुभएको छ ।

Leave a Reply