कलाकार भनेको देशका गहना हुन् भनिन्छ र कलाकारको सम्मान पनि गरिन्छ । तर नेपालको सवालमा भने कलाकारहरुले उचित सम्मान पाएको देखिदैन ।त्यसो त नेपालमा कलाकार पनि अनेक छन् । दर्शकका लागि भन्दा पनि आफ्नो लागि र कथित भाइरलको बाहनामा वा नाउँमा कलाकार हुने होड पनि नेपाली कलाकारिता क्षेत्रमा ब्याप्त छ तर यो विकृति हो यद्यपि नेपालमा कलाकारले नाम र देशकै गरिमा पनि राखेका छन् । एकाध घटनाका कारण र कोही अमूर्त व्यक्तिलाई हेरेर भन्दा पनि राम्रो स्तरीय गीत गाउनेहरु नै दर्शकका प्रिय गायक हुन् ।
यस्तैमा पर्ने कलाकार, गायक रामकृष्ण ढकाल पक्कै हुनुहुन्छ । उहाँको गीत मन नपराउनेहरु कमै नेपाली छन् । ढकालले गाएको गीत मन नपराउने नेपालीहरु कमै छन् । सबै प्रकारका गीत सबैलाई मन पर्छ भन्ने छैन तर हरेक उमेर समूहका लागि मन पर्ने गीत ढकालले गाउनुभएको छ र त उहाँ दर्शकामाझमा लोकप्रिय पनि हुनुहुन्छ ।बाराको निजगढमा हाल जारी महोत्सवमा आफ्नो प्रस्तुति दिन आउनुभएका ढकाललाई स्थानीयले माया र सम्मानले गायन सम्राटको उपाधि दिएका छन् ।
वास्तवमा यसले पाउने बैद्यानिक कुराको त फरक व्याख्या होला तर जनस्तरबाट सम्मान हुनु राम्रो कुरा हो र यो कुरा स्वयम् गायकले पनि मनन् गर्नु भएको छ । उहाँले निजगढबासीलाई संझनु पनि भएको छ र आभार पनि दिनुभएको छ । यो भनेको कलाकार र दर्शकप्रतिको सद्भाव र माया पनि हो । कलाकार पनि दर्शक र देश तथा समाजप्रति जिम्मेवार बन्नुपर्दछ र दर्शकले पनि कलाकारको सम्मान गर्न जान्नुपर्दछ भन्ने कुराको संदेश यो कुराले दिएको चैं छ ।