हेटौंडा – बागमती प्रदेशका भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामाले कृषिमा आधुनिकीकरणको आवस्यक्ता रहेको वताउनुभएको छ । कृषि सहकारी संघ लिमीटेड मकवानपुरको नवौं बार्षिक साधारण सभा तथा तेस्रो जिल्ला अधिवेशनको आज हेटौंडामा उद्घाटन् गर्दै उहाँले कृषि क्षेत्र सवैको प्राथमिकतामा पर्नुपर्ने वताउनुभयो ।

 

 

 

 

 

 

 

 

कृषि पेसालाई व्यावसायीकरण संगै औद्योगिकीकरण गर्नुपर्ने वताउनुभयो । कृषि वजार सुरु गरेकोमा उहाँले अव यसलाई थप व्यवस्थित गराउनुपर्ने वताउनुभयो । कृषि सहकारी संघ मकवानपुरका अध्यक्ष एकराज उप्रेतीले संघले हरेक किसानलाई आफ्ना सामान उचित मुल्यमा बिक्री गर्न र उपभोक्ताहरुलाई सस्तो दरमा सामान खरिद गर्नका लागि पसल सुरु गरिएको वताउनुभयो ।

 

 

 

 

 

 

 

 

 

 

यसलाई अझै थप व्यवस्थित पार्र्दै लैजाने उहाँले वताउनुभयो । कार्यक्रममा मन्त्रालयका सचिव, विभीन्न सामाजिक र सहकारी क्षेत्रका अगुवाहरु ल्गायतकाको सहभागिता रहेको थियो । आजैबाट कृर्षि सहकारी संघले किसानले उत्पादन गरेका विभीन्न सामाग्रीहरु बिक्रीका लागि राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here