मधेस प्रदेश सडकका हिसावले त्यस्तो एकदमै साँघुरा पनि सडक छैनन् । हुनत राष्ट्रिय राजमार्ग भनिएकाहरु पनि त्यस्तो सहज त छैनन् । कुनै न कुनै समस्या छ । सरर गाडी कुदाउने अवस्था छैन । बढी सवारी दुर्घटना पनि यिनै राजमार्गहरुमा भइरहेको देखिन्छ ।

कुनै समय तराई मधेसका लोकमार्गहरु वास्तवमा झनै साँघुरा थिए, अहिले केही फराकिलो भएका छन् र ग्रामीण सडकहरुको अवस्थामा पनि सुधार आएको छ । गाउँ गाउँमा बनेको भित्री सडकखण्डहरु पनि फराकिलो नै छ । तैपनि सवारी दुर्घटनाको अवस्था हेर्ने हो भने डरलाग्दो नै छ । सरकारले दुर्घटना न्यूनीकरणका लागि धेरैथोर नीति पनि बनाएको देखिन्छ तर अपेक्षाकृत सवारी दुर्घटनामा कमी आएको छैन ।

कम्तीमा दिनमा एउटा सवारी दुर्घटना नभएको र मानवीय क्षति नभएको घटना मधेस प्रदेशमा कमै छ । मधेसको पूर्वदेखि पश्चिमसम्म दुर्घटना भएको सुनिन्छ र मानवीय क्षति पनि भइरहेको देखिन्छ ।यसको न्यूनीकरणका लागि अझै व्यापक नीति बनाउन आवश्यक छ । हुन त यो समस्या मधेसका मात्र पनि देखिदैन । तथ्यांक हेर्ने हो भने देशभर नै सडक दुर्घटनाको अवस्था भयाभह नै छ । तर मधेसमा कम हुनुपर्नेमा बढिरहेको कुरा प्रहरीको तथ्यांकले नै देखाएको छ ।

त्यसैले अझै यो प्रदेशमा दुर्घटना न्यूनीकरणका लागि ठोस नीति आवश्यक देखिन्छ । कुरै गर्ने हो भनेपनि सडकका कारणले बढी जोखिम छ तर वीरगञ्ज पथलैयामा अब सडककै कारण सवारी दुर्घटना भएको छभन्दा उचित नहोला । यसका लागि नीति बनेको सवारी चालकका लागि नै बढी आवश्यक देखिन्छ अधिक घटना चालकको लापारवाहीबाट भएको पनि पाइन्छ । त्यसैमा अब ठोस नीति बनोस् ।

Leave a Reply