स्थानीय सरकार भनेको जनतासंग सिधा सम्बन्ध कायम गर्ने निकाय हो । हुन त नेपालका अन्य निकायले पनि यस्तै दाबी गर्छन तर स्थानीय निकाय भनेको चाही साच्चिकै सिधा नागरिकहरुको सरोकार रहने सरकार नै हो ।
नागरिकहरु दुःख सुखको साथी भनेको पनि स्थानीय सरकार नै हो तर स्थानीय सरकारले नागरिकहरुको समस्यालाई कसरुी लिएको छ, कत्तिको नागरिकहरुको भावनको संबोधन गरेको भन्ने कुरा महत्वपूर्ण हो । तर विभिन्न बहानामा आफैमा झगडा र लडाइ गरिरहने हो भने त यसले जनताको चाहना पुरा गर्नसक्ने कुरै आउदैन ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा अहिले यस्तै भएको छ । जनप्रतिनिधहरुमा जनताको भावनाको संबोधन गर्नुभन्दा पनि आप्नो दुनो सोझ्याउने परिपाटीका कारण पनि स्थानीय सरकार जनमैत्री हुन सकेको छैन । जनप्रतिनिधिहरु आपसमा विवादमा उत्रदा स्थानीय सरकार नै असफल भएको हो कि भन्ने पनि नागरिकहरुमा भान पर्न थालेको छ । स्थानीय सरकार असफल भयो भने त्यसले सिधा नागरिकको सेवा प्रवाहामा नै असर गर्ने हो ।
त्यसैले पनि स्थानीय तहमा विवाद भएपनि जनप्रतिधि आफै मिलेर समस्या समाधान गर्नु पर्दछ तर नेतृत्वमा रहेको व्यक्तिमा क्षमता भएन भने पनि समस्याहरु आउन गर्दछन ।
राजनीतिक प्रर्वाग्राही त एउटा कुरा होला तर जीतपुरसिमराको सवालमा नेतृत्वमा नै समस्या छ तैपनि अन्य जनप्रतिनिधिहरु पनि केही लचक पनि हुन आवश्यक छ ।अब स्थानीय तहको मुद्दा अदालतमा पुगेपछि कसरी विकास होला, नगरवासीलाई कसरी सहज होला मुल कुरा यही नै हो ।