पुष्पराज खतिवडा

मनहर्वा,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार रहिरहे एमालेले सुरु गरेको वृद्ध भत्ता पनि काट्न सक्ने बताउनुभएको छ । बिहिवार बाराको पचरौता नगरपालिका( ४ को बेनौलीमामा नेकपा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले अहिलेको सरकारले जनताको पक्षमा कुनै काम नगर्ने बरु एमाले नेतृत्वको सरकारको पालमा सुरु भएको वृद्ध भत्ता पनि काट्ने दाबी गर्नुभयो । जेष्ठ नागरिकहरुले पाउँदै आएको भत्ता समेत गठबन्धनले सरकारले नदिने बताउनुभयो ।उहाँले पाँच दलिय गठबन्धन देश बनाउन नबनेको ठोकुवा गर्दै अवस्था यस्तैरहे सुरक्षाकर्मीहरुले कपडा फेर्न समेत नपाउने दिन आउने बताउनुभयो ।‘देशको ढुकुटी बढाउने काम गर्न जानेको छैन, उहाँले भन्नुभयो, अब यही सरकार कायम रह्यो भने प्रहरीहरुले कपडा फेर्न पाउँदैनन् ।’ उहाँले आफूहरुले जेष्ठ नागरिकहरुको भत्ता बढाएर चार हजार रुपैंया पु¥याएको बताउदै गठबन्धको सरकार देशमा कायम रह्यो भने केही महिनाभित्र वृद्ध भत्ता नपाइने खतरा देखिएको बताउनुभयो ।अध्यक्ष ओलीले वर्तमान गठबन्धनको सरकार धेरै दिन नटिक्ने दाबी पनि गर्नुभयो । ‘हामीले केही गर्नैं पर्दैन, आफै टुटछ, उहाँले भन्नुभयो, दशथरि जोडेर बनाइएको सरकार आफै ढल्छ ।’एमाले सरकारका पालामा आफूहरुले अघि सारेका योजनाहरु र कामको फेयरिस्त सुनाउदै ओलीले २० वर्षमा नभएको काम आफ्नो नेतृत्वको सरकारले तीन वर्षमा पुरा गरेको उल्लेख गर्नुभयो ।‘२० वर्षमा नभएको काम हामीले तीन वर्षमा गरेका थियौं । हामीले गाउँगाउामा अस्पताल खोलेका थियौं, सडक निर्माणलाई प्राथमिकतामा राखेका थियौं, सबै क्षेत्रको विकासको कामलाई अगाडि बढाइरहेका थियौं । तर विकासलाई देख्न नसक्ने विकास विरोधी तत्वहरुको गबन्धनले विकासको गतिमा रोक लगाएको छ, उहाँले भन्नुभयो, ‘विकासको योजना काटेर आफन्त पोस्ने काम भैरहेको छ ।’‘पाँच दलीय गठबन्धनको सरकारको ध्यानमा देश र जनता छैन । आफु र आफन्त पोस्ने काम मात्रै गरिरहेको छ ।’ उहाँले भन्नुभयो ।एमाले यसपकट बारा २ मा कुशल नेतालाई उमेदवार बनाएको भन्दै एमाले अध्यक्ष ओलीले उम्मेदवार पुरुषोत्तम पौडेलले जिते क्षेत्रको मात्रै नभइ जिल्लाको विकास र समृद्धिमा टेवा पुग्ने बताउनुभयो । ‘जिताएर पठाउनुहोस, क्षेत्रको विकास पुरुषोत्तम पौडेलको जिम्मा भयो ।’ उहाँले भन्नुभयो ।कार्यक्रममा एमाले उम्मेदवार पौडेलले आफू जहिले पनि जिल्लाबासी जनताको साथमा रहेर काम गर्दै आएको बताउदै जिल्ला बाहिरका मान्छेले क्षेत्रको विकास गर्न नसक्ने बताउनुभयो । ‘अहिले चुनावमा खडा भएका धेरै उम्मेदवारहरुलाई क्षेत्र नम्बर २ को सबै गाउँमा जाने बाटो थाहा छैन, उम्मेदवार पौडेलले भन्नुभयो, त्यस्ताले गाउँको विकास गर्छन भनेर विश्वास गर्न सकिदैन ।’ उहाँले आफू जहिले पनि जिल्लाको विकासमा समर्पित बन्दै आएको भन्दै मतदाताले पनि आफूले चिनेको र जानेको उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभयो ।विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेका ३ दर्जनभन्दा बढी नेता कार्यकर्तालाई अध्यक्ष ओली र उम्मेदवार पौडेलले अवीर र माला पहि¥याएर स्वागत गर्नुभएको थियो ।नेकपा एमाले केन्द्रीय कमिटी सदस्य एंव बारा जिल्ला इन्चार्ज बलवीर चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रममा एमाले सचिव रघुवीर महासेठ, एमाले पोलिटब्युरो सदस्य अच्युत मैनाली, ज्वाला साहलगायतले आगामी निर्वाचनमा एमाले उम्मेदवारलाई विजयी तुल्याउन आग्रह गर्नुभएको थियो । कार्यक्रममा करिव १० हजार भन्दा बढी सर्वसाधारणको उपस्थिति रहेको थियो ।

Leave a Reply