भाषा भनेको जसलाई जस्तो सहज हुन्छ,त्यही नै बोल्ने हो । भाषाको कुनै क्षेत्राधिकार हुदैन । त्यसो त फेरि कति कतैको भाषा जान्दैमा घाटा लाग्ने हुदै होइन बरु फाइदा नै हुने हो ।जुन ठाउँको भाषा जानियो,त्यो समुदायमा उक्त व्यक्ति सहज रुपमा स्थापित हुनेछ । मानिसको मातृभाषा एउटा हुन्छ नै । कुनै समयमा नेपालका शासकहरुले नेपाली भाषालाई अनिवार्य गरिदिएका थिए तर आज समय फेरिएको छ तर यसो भन्दैमा फेरि सम्पर्क भाषा नै चाहिदैन भन्ने पनि होइन ।

सबै नेपालीहरुको मुल भाषा भनेको नेपाली नै हो । अब नेपाली भाषा सिक्दैमा अर्काको भाषा सिक्न पर्यो अथवा आफूहरुमाथि जवरजस्ती नेपाली भाषा लादियो भनेर सोच्नु गलत हो । अनि बिश्वमा अति आवश्यक पर्ने अँग्रेजी भाषा जान्दैमा घाटा भयो भनेर सोचियो भनेपनि त्यो घातक हुन्छ । मुख्यतः कसैको पनि मातृभाषाको संरक्षण हुनुपर्दछ तर लाद्ने कुरा आउदैन । तराई मधेशको मुख्य भाषा भोजपुुरी भएपनि यसैमा विवाद देखियो ।

मधेश सरकारले बुधवार गरेको निर्णय नै बिहीवार असफल जस्तै भयो अथवा विवादमा परेको छ । मधेशमा भोजपुरी वा मैथली मात्रै भाषा छैन भन्ने सन्देश प्रदर्शन गरेर दिन खोजिएको छ । सबैको भाषाको संरक्षण गर्न मधेश सरकारले सक्छ कि सक्दैन मुल कुरा यो हो । मधेशमा एकैथरीका मानिस मात्रै पनि बस्दैनन् र एकै थरीका भाषा पनि छैनन् । त्यसैले यस्तो निर्णय गर्दा बिचार गर्नुपर्दछ । हचुवाको भरमा निर्णय गरेर कुनै पनि नागरिकको मातृभाषामाथि विभेद गर्न भने हुदैन ।

 

 

 

Leave a Reply