नेपालमा जसले धेरै झुटो बोल्न सक्छ वा जनतालाई झुक्काउन सक्छ उही नै नेता बन्न सक्छ भन्ने मान्यता स्थापना गर्न खोजिदैछ ।जनताको सेवा गर्ने र जनतालाई सही र सत्य कुराको जानकारी व्यक्ति मात्रै नेता हुनु पर्ने हो तर नेपालको सवालमा ठीक उल्टो छ । त्यसैले जसले धेरै झुटो बोल्छ, जनतालाई झुक्काउन सक्छ उही नेता हुन्छ भन्ने धारण निर्माण हुदै गएको छ । नेताहरुको कुरामा आम जनतालाई विश्वास नलागे पनि सर्वसाधारण जनता फेरि पनि नेताकै पछि लाग्न बाध्य भएका छन ।प्छिल्ला केही वर्षदेखि भने अलि जनतामा चेतना आएको हो कि जस्तो देखिन्छ । तैपनि नेताको पछि लाग्ने क्रम त रोकिएको छैन । नेपालमा रहेका पुराना दलहरुले त झुटो बोल्छन् भन्ने जनतामा छदैछ नयाँ भनेर बिश्वास गरिएका दल अनि त्यसका नेताले समेत झुट बोल्न थालेका छन् । पछिल्लो समय नयाँ दलका एक नेताले दिएको अभिव्यक्ति पनि अहिले विवादमा छ ।जनताले अपेक्षा गरे अनुरुप नयाँ भनिएका दलका नेताहरु पनि प्रस्तुत हुन नसकेका कारण उनीहरुप्रति पनि जनताको विश्वास घट्दै गइरहेको छ । जनताले भने विश्वासिला नेता खोजिरहेका छन् तर नेताहरुमा विश्वासयोग्य कुराहरु कम पाइन्छन् ।त्यसैले पनि नेताहरुले आफ्नो बोली, व्यवहार र आचरणमा सुधार ल्याउन जरुरी छ । नेताले जनताको विश्वास जित्न झुटको साहरा लिनुभन्दा सत्यवादी बन्न आवश्यक छ ।

Leave a Reply