सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्ब्र २१ स्थित अमलेखगञ्जमा शुक्रवारदेखि तीन दिने सहकारी व्यवस्थापन तालिम सुरु भएको छ ।सहकारी संस्था व्यवस्थापनका लागि नगरभित्र रहेका तीन वटा सहकारी संस्थाले तालिमको आयोजना गरेका हुन् । तालिमको नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले एक कार्यक्रमकाबीच उद्घाटन गर्नुभएको थियो ।
उद्धाटन समारोहलाई सम्बोधन गर्दै अधिकारीले सहकारीलाई नगरले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले सहकारी क्षेत्र समाज र सदस्य केन्द्रीत हुनुपर्ने बताउनुभयो ।कार्यक्रममा बोल्दै वडा नम्बर २१ का वडाध्यक्ष सुवास श्रेष्ठले सहकारी संस्थाले आर्थिक सामजिक रुपान्तरणमा अहम भूमिका खेलेको बताउँदै व्यवस्थित र पारदर्शी भएर अघि बढ्नुपर्ने बताउनुभयो । तालिममा तीन वटा सहकारीका ४२ जना संचालक र कर्मचारीको सहभागिता रहेको छ ।

Leave a Reply