हेटौंडा – नेपाल मानव अधिकार संगठन मकवानपुर शाखाले मकवानपुर जिल्लामा बिगत केही समयदेखि मानव अधिकार उल्लंघनका घटनाहरु बृद्धि भएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सो संगठनकी बागमती प्रदेशकी प्रमुख तथा मकवानपुर शाखाका सभापति अप्सरा बस्नेतले बिहीबार एक प्रेस बिज्ञप्ती जारी गर्दै जिल्लाको मात्रै नभइ बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडामा दुई दिनको अन्तरमा दुईजना ब्यक्तिको हत्या भएको घटनाले नेपाल मानव अधिकार संगठन मकवानपुर शाखा स्तब्ध भएको बताउनु भएको हो ।

 

 

 

 

 

 

 

 

 

यही माघ ४ गते बिहान हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ बस्ने तेश्रो लिंगी समुदायबाट प्रतिनित्वि गर्नु भइ तेश्रो लिंगीहरुको अधिकारको हकमा वकालत गर्दै आइरहनु भएकी र तेश्रो लिंगी समुदायकै तर्फबाट नागरिकता समेत लिन सफल भएकी अजिता भुजेलको हत्या भएको खबरले दुखी बनाएको र हेटौंडा उपमहानगरापालिका वडा नम्बर १८ की मीना अधिकारीको समेत हत्या भएको खबरले शान्ति सुरक्षा खस्कदै गएको गराएको अनुभूति भएको बस्तेनद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । यी घटनामा संलग्नहरुलाई कानुनी दायरामा ल्याइ सर्वसाधारणहरुको बाँच्न पाउने अधिकारको सुनिश्चितताका लागि शान्ति सुरक्षाको ब्यवस्था गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौं बिज्ञप्तीमा भनिएको छ ।

 

 

 

 

 

 

 

 

यसरी नै मकवानपुर बहुमुखी क्याम्पसका बिद्यार्थीहरु बिगत १७ दिनदेखि क्याम्पसले गरेको शुल्क बृद्धिको बिषयलाई लिएर अनसन बसिरहेको परिपेक्ष्यमा हालसम्म समस्या समाधान भइनसकेको अवस्था हुँदा सम्बन्धित सरोकारवलाहरुबीच तत्काल बार्ता र संवादबाट समस्या समाधान गरी बिद्यार्थीहरुको पढ्न पाउने अधिकार सुनिश्चित गराइदिन पनि सम्बन्धित पक्षसँग समेत आग्रह गरिएको छ ।

 

 

 

 

 

 

 

भ्रमण बर्ष सन् २०२० का अवसरमा नेपाल भ्रमणमा आएका आठजना बिदेशी पर्यटकहरु थाहा नगरपालिकाको वडा नम्बर ४ स्थित एभरेष्ट पानोरमा रिसोर्टमा बन्द कोठामा हिटरबाली सुतेको अवस्थामा निस्सासिएर निधन भएको खबरले समेत आफूहरुलाई दुःखी बनाएको र मृतआत्माप्रति समेत श्रद्धाञ्जली बस्नेतद्वारा हस्ताक्षरित बिज्ञप्ती मार्फत दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here