जनकपुरधाम,प्रदेशको नामाकरण र स्थायी राजधानीसम्बन्धी अध्ययन समितिको प्रतिवेदन प्रदेश २ को प्रदेशसभामा पेश गरिएको छ ।
समितिले विभिन्न दल तथा प्रदेशसभा सदस्यहरुसँग छलफल गरी प्रदेशको नाम र स्थायी राजधानी सम्बन्धि प्रतिवेदन तयार पारेको हो । प्रदेशको नाम र राजधानीमा दलहरुबीच सहमति नजुटेपछि सभामुख सरोजकुमार यादवको संयोजकत्वमा विशेष समिति बनाइएको थियो । तर समितिले पनि सर्वसम्मत नाम र राजाधानीको टुंगो लगाउन नसकेकाले विभिन्न पक्षहरुबाट आएका नाम र राजधानीको प्रस्तावलाई प्रदेशसभामा लैजाने र मतदानबाट तय गरिने भएको छ ।
प्रदेशको नाममा मधेस, जानकी, मिथिला भोजपुरा, मध्य मधेस र राजधानीमा जनकपुर र वीरगन्जको नाममा प्रस्तावहरु आएका छन् । नाम र स्थायी राजधानी सम्बन्धि प्रस्ताव पारित हुन प्रदेश सभामा २ तिहाई बहुमत आवश्यक पर्दछ । तर प्रदेश सभामा कुनै पनि दलको उक्त बहुमत छैन ।
सत्तारूढ जनता समाजवादी पार्टी र माओवादी केन्द्रले मधेस प्रदेश राख्नुपर्ने प्रस्ताव गरेका छन् भने प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादीले पनि त्यसलाई नै समर्थन गरेको छ । यस्तै, नेकपा (एकीकृत समाजवादी) पार्टी र प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रदेशको नाम जानकी राख्नुपर्ने प्रस्ताव गरेका छन । नेपाली कांग्रेसले मिथिला भोजपुरा नाम प्रस्ताव गरेको छ । तर कुनै पनि प्रस्तावमा दुई तिहाइ नपुग्ने भएकाले सवै प्रस्ताव अस्वीकृत हुने अवस्था रहेको बुझिएको छ ।
प्रदेश २ को नामाकरण र स्थायी राजधानीसम्बन्धी अध्ययन समितिको प्रतिवेदन प्रदेश सभामा पेस
जनकपुरधाम,
प्रदेशको नामाकरण र स्थायी राजधानीसम्बन्धी अध्ययन समितिको प्रतिवेदन प्रदेश २ को प्रदेशसभामा पेश गरिएको छ ।
समितिले विभिन्न दल तथा प्रदेशसभा सदस्यहरुसँग छलफल गरी प्रदेशको नाम र स्थायी राजधानी सम्बन्धि प्रतिवेदन तयार पारेको हो । प्रदेशको नाम र राजधानीमा दलहरुबीच सहमति नजुटेपछि सभामुख सरोजकुमार यादवको संयोजकत्वमा विशेष समिति बनाइएको थियो । तर समितिले पनि सर्वसम्मत नाम र राजाधानीको टुंगो लगाउन नसकेकाले विभिन्न पक्षहरुबाट आएका नाम र राजधानीको प्रस्तावलाई प्रदेशसभामा लैजाने र मतदानबाट तय गरिने भएको छ ।
प्रदेशको नाममा मधेस, जानकी, मिथिला भोजपुरा, मध्य मधेस र राजधानीमा जनकपुर र वीरगन्जको नाममा प्रस्तावहरु आएका छन् । नाम र स्थायी राजधानी सम्बन्धि प्रस्ताव पारित हुन प्रदेश सभामा २ तिहाई बहुमत आवश्यक पर्दछ । तर प्रदेश सभामा कुनै पनि दलको उक्त बहुमत छैन ।
सत्तारूढ जनता समाजवादी पार्टी र माओवादी केन्द्रले मधेस प्रदेश राख्नुपर्ने प्रस्ताव गरेका छन् भने प्रमुख प्रतिपक्षी लोकतान्त्रिक समाजवादीले पनि त्यसलाई नै समर्थन गरेको छ । यस्तै, नेकपा (एकीकृत समाजवादी) पार्टी र प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रदेशको नाम जानकी राख्नुपर्ने प्रस्ताव गरेका छन । नेपाली कांग्रेसले मिथिला भोजपुरा नाम प्रस्ताव गरेको छ । तर कुनै पनि प्रस्तावमा दुई तिहाइ नपुग्ने भएकाले सवै प्रस्ताव अस्वीकृत हुने अवस्था रहेको बुझिएको छ ।
मुख्यमन्त्री राउतविरुद्ध प्रदर्शन
वीरगन्ज,
वीरगन्जलाई प्रदेश–२ को स्थायी राजधानी बनाउनुपर्ने मागसहित युवाहरुको एउटा समूहले मुख्यमन्त्री लालबाबु राउतको घर अगाडि विरोध प्रदर्शन गरेको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर– १३ तेजारथ टोलस्थित मुख्यमन्त्री निवासअगाडि आइतवार बिहान नाराबाजीसहित प्ले कार्ड बोकेर युवाहरुले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीले वीरगन्ज राजधानी कायम गर, मुख्यमन्त्री चाहिँदैन, वीरगन्ज बेच्न पाइदैन, वीरगन्जबासी जिन्दावादलगायत नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।
पर्सा जिल्लाका विभिन्न स्थानबाट भेला भएका युवाले प्रदेश–२ को राजधानी वीरगन्जलाई बनाउन मुख्यमन्त्रीले भूमिका निर्वाह गर्नुपर्ने माग राखेका छन् । वीरगन्जलाई राजधानी बनाउन मुख्यमन्त्रीले लबिङ गर्नुपर्नेमा उल्दै मौन बसेर जनमतको अपमान गरेको आरोप उनीहरूले लगाएका छन् । वीरगन्जलाई राजधानी नबनाए कडा प्रतिकार गर्ने चेतावनी पनि उनीहरूले दिएका छन् । मुख्यमन्त्री राउतले आफ्नो पद जोगाउन वीरगन्जलाई धोका दिएर जनकपुरको पक्षमा मतदान गर्न लागेको उनीहरुको भनाइ छ ।
मधेस आन्दोलनमा वीरगन्जबासीले गरेको योगदान भुलेर मुख्यमन्त्री राउतले जनकपुरलाई राजधानी बनाउन खोजेकोले विरोध प्रदर्शन गरेको युवा नेता सुजित गिरीले जानकारी दिनुभयो । मधेसी दलको आव्हानमा पटक–पटक भएको आन्दोलनमा वीरगन्जले साथ दिएको र हरेक प्रकारले राजधानीका लागि वीरगन्ज उपयुक्त ठाउँ भएको तर्क उनीहरुको छ ।
जनकपुरको पक्षमा ज्ञापन पत्र
जनकपुरधाम,
प्रदेश २ को नामाकरण र स्थायी राजधानी तोक्ने प्रक्रिया शुरु भएपछि व्यवसायीहरूले जनकपुरधाममा राजधानी बनाउन दबाब दिएका छन् । जनकपुरधाम उद्योग बाणिज्य संघले मुख्यमन्त्रीसहित मन्त्रीहरूलाई छुट्टाछुट्टै ज्ञापन पत्र बुझाउँदै जनकपुरधामलाई राजधानी घोषणा गर्न माग गरेका हुन् ।
राजधानी नतोकिएकै कारण प्रदेशमा लगानी गर्न तयार रहेका देशभित्र र देशबाहिरका लगानीकर्ताहरू अन्यत्र जान थाल्दा प्रदेशको आर्थिक विकासमा असर परिरहेकाले राजधानी तोकेर छिटो निकास दिन जरुरी रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
प्रदेशको भौगौलिक परिवेश, ऐतिहासिक पृष्ठभूमि, जनताको पहुँचसमेतको दृष्टिले जनकपुरधामलाई नै राजधानी घोषणा गरी निकास दिनेतर्फ ठोस कदम चाल्न ज्ञापन पत्रमा आग्रह गरिएको छ । ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री लालबाबु राउतले नाम र राजधानी तोक्ने काम प्रदेश सभाको दुई तिहाई बहुमतले गर्ने बताउनुभयो । उहाँले संवैधानिक व्यवस्था अनुसार यो कार्यमा ह्वीप लगाउने प्रावधान नभएकाले दुई तिहाई बहुमतले नै निर्णय हुने बताउनुभयो ।
संघका महासचिव मनोजकुमार साहले जनकपुरधामलाई राजधानी नतोक्न षडयन्त्र भइरहेकाले आफूहरुले ज्ञापन बुझाएको बताउनुभयो । उहाँका अनुसार सबै राजनीतिक दलको संसदीय दलका नेतासमेतलाई ज्ञापन बुझाइनेछ ।