कृपा संवाददाता
पर्सा २७ कार्तिक । भि.एस.ओ.नेपाल र दिब्य युवा क्लव, पर्साको साझेदारीमा संचालन भईरहेको किशोरी सशक्तीकरणका लागी शिक्षा कार्यक्रम अन्तर्गत जगरनाथपुर गाउंपालिका भित्र रहेका १० वर्ष देखि १९ वर्षका अपाङ्गता भएका १६ जना वालवालिकाहरु र उनका अभिभावकहरुलाई तालिम दिईएका हो ।
३ दिन सम्म चलेको सो तालिममा वालवालिकाहरुको दैनिक जिवनलाई कसरी सुधार गर्ने उपायहरु र राज्यले अपाङ्गता भएका वालवालिकाहरुका लागी दिईआएका सेवा सुविधाहरुका बारेमा छलफल भएको थियो ।
३ दिन सम्म चलेको तालिममा एच.आई. का कन्सलटेन्ट प्रशिक्षक द्धोय सुर्यभक्त प्रजापती र विध्याराज भण्डारीले प्रशिक्षण गरेका थिए । भने कार्यक्रमको सहजिकरण परियोजनामा कार्यरत कर्मचारीहरुले गरेका थिए ।