२०७४ सालको मंसिर १० र २१ गते सम्पन्न भएको प्रतिनिभि सभाको कार्यकाल हिजो रातिबाट सकिएको छ । पाँच वर्षे प्रतिनिभि सभाको कार्यकाल हिजो राति १२ बजेबाट सकिएसंगै मुलुक चुनावी माहौलमा पनि गएको छ । अब मंसिर ४ गते हुने चुनावका लागि चहलहल पनि शुरु हुृनेछ । राजनीतिक दलहरुले प्रतिनिधि सभा र प्रदेशका लागि उम्मेदवारी पनि दर्ता गर्नेछन् ।
त्यसो त प्रतिनिधि सभाको कार्यकाल लम्बाउने बिषयमा धेरै प्रपंच पनि भएका थिए तर सफल भएनन् । त्यसो त यो पाँच बर्षको अवधिमा प्रतिनिधि सभा दुई पटक बिघटन भयो । बिघटन गर्नेले पनि शनिबारको संसद बैठकमा धित मरन्जेल आफ्ना कुराहरु राखे । वास्तवमा प्रतिनिधि सभा रुखका कान्तिकारी नेता लेनिनले केही नेताले भने जस्तै खसीको टाउको देखाएर बोकाको टाउको बिक्री गर्ने थालो नै हो ।
यो रुपान्तरण नभएसम्म यसले आम नागरिकहरुको कुरामा सम्बोधन गर्ने संभावना कम छ । प्रतिनिधि सभाको काम त नीतिहरु बनाउने हो तर यसको काम सरकार बनाउने र गिराउने भएको छ ।
त्यसैले पनि नेपालले स्थायी सरकार पाउन सकेको छैन । यसपालीको प्रतिनिधि सभाले पनि सरकार बनाउने भन्दा बाहेक खासै अरु काम गरेन । अब यो प्रणाली परिवर्तन नभएसम्म प्रतिनिधि सभाको काम यही नै हुनेछ ।