अदालत भनेको सत्य र न्यायको पक्षमा फैसला गर्ने निकाय हो । अझै यसलाई दूधको दूध र पानीको पानी छुट्याउने निकायको रुपमा पनि लिइन्छ तर नेपालको सन्दर्भमा भने यो कुरा केवल उखानमा मात्रै सीमित हो कि भन्ने धेरैलाई लाग्ने गर्दछ । त्यसो त अदालतबाट सबै गलत मात्रै काम हुन्छ पनि भन्न खोजिएको होइन यद्यपि नेपाली न्यायधिशको व्यवहार भने कही न कही चुकेकै देखिन्छ । कतै न कतै स्वार्थ बाझिएकै देखिन्छ ।सडक संजालका विषयमा भने समेत अनिर्णयको बन्दी हुनु भनेको चैं न्यायधिशहरुको स्वार्थ रहेको कुरालाई धेरै शंका गरिरहन पर्दैन । वीरगन्ज आज धेरै हिसावले बलियो बन्दै र सुन्दर बन्दै गइरहेको अवस्थामा वीरगन्जको मुख्य सडक चौडा नभएका कारण यसको सौन्दर्यमा कही न कही कमी आएको छ नै । वीरगन्जको भन्सारदेखि गण्डकसम्मको सडक चौडा गर्न आवश्यक पनि देखिन्छ ।तर, यसैमा अलदात बधक बनिदिएको छ । सर्बोच्च अदालतमा बिचाराधिन यो विषयले यही जेठ ३१ गते निकास पाउने आश गरिएपनि त्यो पूरा भएन । अदालतले नियत बनाएर नै केही व्यक्तिहरुको स्वार्थका कारण सुनुवाइ लम्बाएको पनि छ । यो बाटो चौडा गर्दा केही व्यवसायीलाई क्षति पनि होला तर विनास बिना विकास संभव नभएकाले अब यो वा त्यो कारण देखाएर बाटोको विषयमा अदालत बाधक नबनेकै राम्रो हुनेछ ।














