जीतपुर,जीतपुरका एक युवकले चटपटे बेचेर परिवारको गुजारा चलाउदै आउनुभएको छ ।
जीतपुर बजारमा बस्ने वर्ष ३७ का सतोष गुप्ताले विगत लामो समयदेखि सडक पेटीमा ठेलामा राखेर चटफटे बेच्दै आउनुभएको हो । २० वर्षदेखि चटपटे बेच्दै आएको गुप्ताले बताउनुभयो । ‘आम्दानी राम्रै हुन्छ, उहाँले भन्नुभयो, पेसाबाट सन्तुष्ट छु ।’ उहाँले दिउसो २ बजे घरबाट निस्कने र राति ८ बजेसम्म सडक पेटीमा बसेर चटपटे बेच्ने गरेको सुनाउनुभयो ।
गुप्ताको परिवारमा श्रीमतीसहित २ वटा छोररा र ३ छोरी छन । उहाँले चटपटे बिक्रीको आम्दानबाट आफ्ना छोराछोरीहरुलाई विद्यालयमा पढाउदै आउनुभएको छ । उहाँका दुई सन्तान कक्षा ८, एकजना कक्षा ७ र दुई जना कक्षा ३ मा अध्ययन गर्दैछन । धेरैले चटपटे व्यापारलाई हेयको दृष्टिले हेर्ने गरेको भए पनि आफू भने पेसाबाट सन्तुष्ट रहेको र परिवार पनि खुसी रहेको उहाँले सुनाउनुभयो ।

















