आरके राजन
सिम्रौनगढ,अत्यधिक जाडो बढेसंगै बाराको सिम्रौनगढ– २ अमृतगञ्जमा सोमवार विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।बारा क्षेत्र नम्बर १ का सांसद अच्युत मैनालीको समन्वय तथा कान्तिपुर भेट डिस्टिब्युटरकी प्रमुख सोना सुवेदी बडालको सहयोगमा सिम्रौनगढ नगरपालिका– २ अमृतगन्ज, मौवाही, नैकाटोलाका गरिब, विपन्न समुदायका १ सय परिवारमा कम्बल र ज्याकेट वितरण गरिएको हो ।

कार्यक्रममा सांसद मैनाली र दाता सुवेदीले कम्बल र ज्याकेट वितरण गर्नुभएको थियो ।नेकपा एमाले सिम्रौनगढ नगर कमिटी अध्यक्ष महेन्द्र जयसवालको अध्यक्षता भएको सो कार्यक्रममा सांसद मैनाली, सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी साह कलवार र सहयोगी सोना सुवेदीले सहयोग बारेमा बोल्नुभएको थियो ।

सो अवसरमा नेपाल पशुपंक्षी, औषधि व्यवसायी संघका अध्यक्ष रितेश रिमाल, नेकपा एमाले प्रदेश कमिटी सदस्य ढुन्ढीराज उप्रेती, नेकपा एमाले कार्यकर्ताहरु शिव रिजाल, टीना सुवेदीलगायतको उपस्थिति रहेको थियो ।नेकपा एमाले मधेस प्रदेश कमिटी सदस्य ताराचन्द साहले स्वागत गर्नुभएको सो कार्यक्रमको नेकपा एमाले बारा जिल्ला कमिटी सदस्य प्रमानन्द मुखियाले सहजीकरण गर्नुभएको थियो ।

Leave a Reply