कलैया,बाराको महागढीमाई नगरपालिकास्थित गढीमाई मन्दिरमा लाग्ने पञ्चवर्षीय मेलाका लागि बिहीवार लाबालस्करसहित शोभा यात्रा निकालिएको छ । बरियारपुरस्थित गढीमाई मन्दिरको प्राङ्गणबाट बाजागाजासहित भव्य शोभायात्रा निकालिएको हो ।
आगामी मङ्सिरमा लाग्ने गढीमाई पञ्चवर्षीय मेलाका लागि बिहीबार बिहान भव्य शोभा यात्रा निकालिएको गढीमाई पञ्चवर्षीय मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिले जानकारी दिएको छ ।
शोभा यात्रा जिल्लाका विभिन्न ठाउँमा परिक्रममा गरि गढीमाई मन्दिर परिसरमा आएर समापन गरिएको मेला समितिले जनाएको छ । यात्रामा हात्ती, घोडा उँट, झाकी दुलदुल घोडा, बाजागाजासहित विभिन्न देवी देवतामा सजिएका देवहरू सहितको शोभा यात्रा निकालिएको गढीमाई पञ्चवर्षीय मेला सञ्चालन तथा व्यवस्थापन मूल समितिले जानकारी दिएको छ ।
शोभा यात्रामा ५० हजार भक्तजनहरूको सहभागिता रहेको समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले जनाउनुभयो । उहाँकाअनुसार मन्दिर परिसरबाट निस्किएको शोभायात्राले कलैया उपमहानगरपालिका लगायत जिल्लाका १३ गाउँमा पर्ने करिब २० किलोमिटर दूरी परिक्रमा गरेको छ ।
शोभा यात्रा बरियारपुर गाउँ हुँदै इनरुवा चोक, तेलकुवाचोक देखि नहर हुँदै बसतपुर चोक, मटिअर्वादेखि शितलपुर–बिशमरपुर, कलैया भरत चोक, गुप्ता पेट्रोल पम्प, अन्सारी पेट्रोल पम्प, अदालत रोड, रामपुर–बिजुलपुरदेखि गञ्जभवानीपुर–दहियार हुँदै पुनः मन्दिरमा परिसरमा आएर समापन भएको मेला आयोजक समितिले जनाएको छ ।
प्रतेक ५÷५ वर्षमा मन्दिर परिसरमा लाग्ने मेला पशुबलीको लागि विश्व प्रसिद्ध छ । आफ्नो मनोकांक्षा पूरा हुने विश्वासमा श्रद्धालुहरुले मेलामा राँगा, बोका, परेवा हास र कुखुराको बली दिने गरेका छन ।


















