दिपेन्द्र जैसवाल
गन्जभवानीपुर,बाराको कोल्हबी बजारस्थित ग्लोबल बहुउद्देश्यीय सहकारी संस्थामने ५औं वार्षिक साधारण सभा सोमवार सम्पन्न भएको छ ।कार्यक्रममा प्रमुख अतिथि कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले पानसमा बत्ति बालेर कार्यक्रमको उद्धाटन गर्नुभएको थियो । संस्थाका अध्यक्ष अनिलकुमार ठाकुरको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोल्हबी नगरपालिकाका उपप्रमुख लक्ष्मीकुमारी चौधरी, कोल्हबी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष राजहरण चौधरी, वडा नम्बर ३ का वडा अध्यक्ष किशुनदयाल चौधरी, तामागढी साझेदारी वन समितिका अध्यक्ष रविन्द्र पनुहर, नेपाली कांग्रेस कोल्हबी नगर सभापती बिरेन्द्र चौधरी, नेकपा माओवादी केन्द्र कोल्हबी नगर अध्यक्ष रामचन्द्र साफी, नागरिक उन्मुक्ति पार्टीका नगर अध्यक्ष जयप्रकाश चौधरीलगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी कार्यक्रममा ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रहरी निरीक्षक किसन बस्नेत, शान्ति बृद्धा फाउन्डेशन कोल्हबीका अध्यक्ष प्रेमनारायण चौधरी, जितिया बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष भुवन चौधरी, तामागढी हस्पिटल प्रा लि कोल्हबीका संचालक विबेक चौधरी, समाजेवी अमृत जिआर, विरेन्द्र पनुहर, हितेन्द्र चौधरी, नेराआवि ककडीका प्रअ कल्याणीकुमारी चौधरीलगायत संस्थाका शेयरधनीहरुको उपस्थिति रहेको थियो ।संस्थाकी प्रबन्धक रीताकुमारी चौधरीले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य सस्थाका उपाध्यक्ष ज्ञानेन्द्र चौधरीले व्यक्त गर्नुभएको थियो ।

Leave a Reply