कलैया,बाराको परवानीपुर गाउँपालिका–५ बहुअरीमा पिकअप गाडीको ठक्करबाट एक ९० वर्षीय पैदल यात्रीको मृत्यु भएको छ । मृतकको पहिचान स्थानीय बासिन्दा कुवर राउत कुर्मीको रूपमा भएको छ ।जिल्ला प्रहरी कार्यालय बाराका अनुसार, प्र.२–०३–००१ च १७९४ नम्बरको पिकअप गाडीले सोमबार कुर्मीलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका कुर्मीलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडीसिटी वयोधा अस्पताल लगिएको थियो । तर, उपचारका क्रममा सोमवार साँझ उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।घटना लगत्तै पिकअप चालक फरार भएका छन् ।परवानीपुर प्रहरी कार्यालयले चालकको खोजी कार्य तीव्र रूपमा अगाडि बढाएको जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Leave a Reply