कलैया,बारास्थित वीरगन्ज–कलैया सडकखण्डमा टेम्पु दर्घटना हुँदा आइतवार एकजना तिन वर्षीय भारतीय बालिकाको मृत्यु भएको छ । घटनामा पाँच जना घाइते बनेका छन ।जिल्लाको फेटा गाउँपालिका –१ भलुही बजार चोकमा ट्याम्पु अनियन्त्रित भएर दुर्घटना हुँदा भारतको रक्सौल परीकुमारीको मृत्यु भएको छ । ट्याम्पुमा सवार अन्य ५ जाना घाइते पनि भएका छन् ।भारतको रक्सौलबाट वीरगन्ज हुँदै कलैयातर्फ जाँदै गरेको स १ ह ७०८ नम्बरको ट्याम्पु आफै अनियन्त्रित भएर पल्टिएको बारा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताउनुभयो ।बालिकाको घटनास्थलमै मृत्यु भएक प्रहरी उपरीक्षक बोगटीले बताउनुभयो । अन्य घाइतेहरुको परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ । घटनाको विषयमा थप अनुसन्धान जारी रहेको उपरीक्षक बोगटीले बताउनुभयो ।



















