बीरगञ्ज १५ भदौ ।
ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर बीरगंजले आयोजना गरेको घुम्ती निःशुल्क स्वास्थ्य शिविरमा आज २ सय ९० जनाको स्वास्थय परिक्षण गरिएको छ । ग्रिन सिटी सामुदायिक सेवा केन्द्रले भारतीय महावाणिज्य दुतावास द्वारा उपलब्ध गराईएको विशेष एम्बुलेनस मार्फत चिकित्सक सहितको टोली लिएर नगर क्षेत्रका बासिन्दाको घरदैलोमा पुगेर स्वास्थ्य परिक्षण गर्ने अभियान अन्तरगत आज वीरगंजका विभिन्न टोल टोलमा पुगेर ५० जना महिला सहित २ सय ९० जनाको स्वास्थ्य जाँच गरिएको केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले जानकारी दिनुभयो ।

आज विशेष रुपमा मजदुरहरुलाई लक्षित गरी रिक्सा, टाँगा, ठेला मजदुर र उनका परिवारको स्वास्थ्य परिक्षण गरिएको खेतानले बताउनु भयो । केन्द्रका संस्थापक सदस्य स्वर्गिय सुशील खेतान को स्मृतिमा बीरगंजको प्रभु अस्पताल, वीरगञ्ज सामुदायिक आँखा अस्पताल र रुंगटा वैलफेयर सोसाइटीको सयुँक्त सहकार्यमा शिविर सञ्चालन गरिएको खेतानले बताउनु भयो । वीरगञ्ज सामुदायिक आँखा अस्पतालका मेडिकल संयोजक महेश सिंह धामीको नेतृत्वमा प्रभु अस्पतालका चिकित्सकहरुको टोलीले स्वास्थ्य परिक्षण गरेको थियो ।

शिविरमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक गिरी, निर्मल बुढाथोकी, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्ल, नेपाल राष्टू बैंकका प्रबन्धक राजनदेव भट्टराई, सुरेश रुंगटा लगायतको उपस्थिती रहेको केन्द्रका सचिव मुरली जलानले जानकारी दिनुभयो ।

Leave a Reply