निजगढ,संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयलाई छायाँमा पार्न खोजिएको बताउनुभएको छ ।शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको एभियसन मिट २०२४ कार्यक्रममान बोल्दै उहाँले छोटो समयमा दुईवटा विमानस्थल चलेनन् भनेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयलाई छायाँमा पार्न खोजिएको बताउनुभएको हो ।

मन्त्री पाण्डेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने नेपालको सपना साकार बनाउनै पर्ने बताउनुभयो । उहाँले विमानस्थल बनेको छोटो समयमा विमानस्थल सञ्चालनमा आएनन भनेर निराश हुने अवस्था नरहेको पनि बताउनुभयो । उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सहायक हेल्पिङ हाण्डहरु भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेको भन्दै ती विमानस्थल सञ्चालनको लागि सरकारले आवश्यक पहल गर्ने बताउनुभयो ।

मन्त्री पाण्डेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सपना साकार बनाउन सके निजगढ अन्तर्राष्ट्रिय विमानस्थल एसियाको सपना हुने दाबी गर्नुभयो । मन्त्री पाण्डेले सरकारले सबै भन्दा होचो उपत्यका तुम्लिङटार एटिआर ७२ उडान गरिरहेको भन्दै अब अग्लो उपत्यका जुम्लामा पनि एटिआर ७२ उडान गर्ने सपना देखेर पुर्याउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले होचो उपत्यका तुम्लिङटारमा जाने एटिआर ७२ अग्लो उपत्यका जुम्लामा जानसक्ने भन्दै जुम्लाबाट हिमालपार गरेर चीनमा उडान गर्ने दिन आउने सपना देख्न सक्नुपर्ने बताउनुभयो ।

Leave a Reply