सिमरा,निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बाराको सातौं जिल्ला अधिवेशन शनिवार बाराको सिमरामा सम्पन्न भएको छ । अधिवेशनले राजकुमार कार्कीको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा प्रतिमा यादव, सचिवमा अमृतमान श्रेष्ठ र कोषाध्यक्षमा तुलसी संग्रौला रहेका छन् । यसैगरी सदस्यमा शम्भु मण्डल, कविता उप्रेती, सोम लामा, अभिषेक राजन, चुमनबाबु केवटलाई चयन गरिएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष एवम् प्याब्सनका सल्लाहकार संयोजक हरिदेव खरेलको प्रमुख आतिथ्यता तथा प्याब्सनका जिल्ला अध्यक्ष नेत्रप्रसाद दाहालको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनको उद्घाटन समारोहमा प्रतिमा यादव, मनोज यादव, रवीन्द्रराज भण्डारीलगायतको उपस्थिति रहेको थियो ।
तस्बिर सौजन्य