सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका– १६ सखुवाघाटस्थित श्री जनजागृति माध्यमिक विद्यालयको व्यवसायिक सटर उद्घाटन गरिएको छ ।बारा क्षेत्र नम्बर ३ (क) का प्रदेश सभा सदस्य रबिन्द्र दास श्रेष्ठले सटरको एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो ।सांसद श्रेष्ठको संसदीय क्षेत्र विकास कोषबाट विद्यालयमा गेट तथा तीन कोठाको सटर निर्माण गरिएको हो ।निर्माण सम्पन्न भएको सटर र गेटको उद्घाटन गर्न सांसद श्रेष्ठ विद्यालयमा पुग्नुभएको थियो ।उद्घाटन कार्यक्रममा सो वडाका वडा अध्यक्ष हरिदेव खरेल, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, विद्यालयका शिक्षक र कर्मचारी लगायतको सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक ज्ञानबहालदुर रानाले जानकारी दिनुभयो । कार्यक्रममा सांसद श्रेष्ठलाई विद्यालयको तर्फबाट सम्मानसमेत गरिएको थियो ।

Leave a Reply