आरके राजन
सिम्रौनगढ,ईलाका प्रहरी कार्यालय सिम्रौनगढले सोमवारसाँझ एउटा भारतीय कारसहित ठूलो परिमाणको लागूऔषध गाँजा नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी अमृतगन्जका प्रहरी सहायक निरीक्षक मनोज यादवको कमाण्डमा सादा पोशाकमा खटिएको गस्तिटोलीले४३ केजी गाँजासहित एउटा भारतीय नम्बर प्लेटको कार प्रहरीले हिजो बेलुकी ८ बजे नियन्त्रणमा लिएको हो ।जिल्लाको सुवर्ण गाउँपालिकाको तेलकुववाबाट सिम्रौनगढतर्फ आउदै गरेको बी.आर.ओ. जिरो वन ए यु ११०७नम्बरको कार चेक जाँच गर्नेक्रममा प्रहरीले सो कारभित्र प्लास्टिकले बेरेर पाँच वटा पाकेटमा राखिएको अवस्थामा ४३ किलोग्राम लागू औषध गाँजा फेला पारेको इलाका प्रहरी कार्यालय सिम्रौनगढका निरीक्षक नविन राईले जानकारी दिनुभयो ।
प्रहरीलाई देखेपछि कार चालक भने फरार बनेको प्रहरीले जनाएको छ । बरामद गाँजा ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा राखेर फरार कार चालकको खोज तलास भइरहेको प्रहरी निरीक्षक राईले जानकारी गराउनुभएको छ ।

Leave a Reply