निजगढ,बारा प्रहरीले एक थान कटुवा पेस्तोलसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।प्रहरीले जिल्लाको महागढीमाई नगरपालिकाबाट शनिवार दिउसो उनीहरुलाई एक थान कटुवा पेस्तोलसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा महागढीमाई नगरपालिका वडा नम्बर ११ मधुरीजब्दी बस्ने अन्दाजी वर्ष ५४ का रमजान अंसारी, सोही ठाउँ बस्ने वर्ष २५ का सुलतान अंसारी र वर्ष ४५ का रामकृपाल साह रहेका छन ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कलैया र प्रहरी चौकी बरियारपुरबाट खटेको प्रहरी टोलीले रमजान अंसारीले गाउँ नजिकैको आँपको बगैचामा खाल्टो खनी जमिनमुनि लुकाई छिपाई राखेको अवस्थामा कटुवा पेस्तोल बरामद गरेपछि उनीहरुलाई पनि पक्राउ गरेको हो ।घटनामा संलग्नहरुमाथि हातहतियार तथा खरखजाना सम्बन्धि कसूरमा मुद्दा दर्ता गरी जिल्ला अदालत बारा कलैयाबाट ७दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply