बरियारपुर,नेपाल पत्रकार महासंघ बारा शाखाले जिल्लाको बिश्रामपुर र फेटा गाउँपालिकामा नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको मंगलबार एक कार्यक्रमबीच सम्मान गरेको छ ।

महासंघ बारा शाखा उपाध्यक्ष रामबाबु मेहताको अगुवाइमा गएको कार्यसमितिको टोलीले बिश्रामपुर गाउँपालिका अध्यक्ष अली जुल्फकार भुटो र फेटा गाउँपालिका अध्यक्ष रुस्तम अंसारी तथा उपाध्यक्षहरुको सम्मान गरेको हो । सो अवसरमा नवनिर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल सफलको कामना गर्दै बधाई दिइएको थियो । सो अवसरमा नेपाल पत्रकार महासंघ बाराका सचिव अनिलकुमार गौरव, कार्यसमिति सदस्य नरेश गुप्ता, अनिल पाण्डेलगायतको सहभागिता रहेको थियो ।

उपाध्यक्ष मेहताले पत्रकार महासंघ बाराको भवन जीर्ण अवस्थामा रहेको र मर्मत गर्नुपर्ने भएकोले सहयोगको लागि निर्वाचित अध्यक्षको ध्यानाकर्षण गराउनु भएको थियो । सो अवसरमा स्थानीय तहले निर्माण गर्ने नीति तथा कार्यक्रममा पत्रकारको हितको लागि समेत बजेट बिनियोजन गर्नको लागि दुबै पालिकाका अध्यक्षहरु समक्ष निवेदन दिइएको थियो ।

बिश्रामपुर गाउँपालिकाका अध्यक्ष भुट्टो र फेटा गाउँपालिकाका अध्यक्ष अन्सारीले संचार क्षेत्रको विकासको लागि सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।

Leave a Reply