करिब ६ महिना ढिला गरी शुक्रवार नेपाल पत्रकार महासंघको निर्वाचन भयो र अधिकांश जिल्लाको मत परिणाम सार्वजनिक पनि भएको छ र केही जिल्लाको मतपरिणाम आउनेक्रम पनि जारी छ ।यसपालीको पत्रकार महासंघको चुनावको मत परिणाम अलिक अनौठो खालको पनि देखिएको छ । त्यसो त चुनावी गठबन्धन पनि अलिक अनौठो नै थियो । केही दिनअघि मात्रै प्रेस चौतारी र प्रेस सेन्टर एक ठाउँमा रहेकोमा एकाएका परिस्थितिले प्रेस चौतारी र युनियनलाई एकै ठाउँमा ल्याइदिएको भएपनि मतदाताले यो गठबन्धनलाई खासै पत्याएको देखिएन ।

प्रेस चौतारी र युनियन मिलेपछि अन्य संगठनले जित्ने संभावना कम हुनुपर्ने थियो तर बारा, पर्सा र रौतहटको मात्रै कुरा गर्ने हो भने पनि गठबन्धनले कम्तीमा नेतृत्वमा काम गरेको देखिदैन । अब गठबन्धन गरेर चुनाव लड्नुको अर्थ छैन भन्ने कुरा पनि पत्रकार महासंघको चुनावले सन्देश दिएको छ । मुख्यत व्यवसायिक पत्रकार चैं हुनुपर्छ भन्नेमा बढी जोड देखिन्छ ।
पत्रकारहरुमा व्यापक शुद्धीकरण पनि आवश्यक छ । एक पटक प्रयोग भएको वा पदमा पुगेकाहरुलाई पुनः फेरि जिताउने मनस्थितिमा पनि पत्रकारहरु देखिएनन् ।

पत्रकारको चुनावमा समयमा नभएको पनि हो । पत्रकार महासंघ बिशुद्ध सामाजिक संस्था मात्र हो । यसमा आर्थिक फाइदा कम छ । यो कुरा बेलैमा बुझेर पत्रकारहरुले काम गर्न आवश्यक छ । यसपालिको चुनाव अनि परिणामले भने नयाँ तरंग चैं सृजना गरिदिएको छ ।

Leave a Reply