वीरगञ्ज,यात्रुसँग बढी भाडा लिने टाटा सुमोलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले कारबाही गरेको छ ।
वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको टाटा सुमोले यात्रुहरूसँग तोकिएको भन्दा बढी भाडा लिएको पाइएपछि सुमोका सञ्चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जरिवाना कारबाही गरेको हो ।कारबाही पर्नेमा यूनिक सुमो सेवा प्रालिको ना. १ ज ७४१९ नम्बरको गाडी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख एवम् प्रहरी निरीक्षक (इन्स्पेक्टर) भास्कर खतिवडाले जानकारी दिनुभयो ।प्रहरी निरीक्षक खतिवडाका अनुसार बढी भाडा लिएको सूचनाको आधारमा सुमोलाई रोकेर यात्रुहरूसँग कुरा गर्दा सुमो सञ्चालकले उनीहरूसँग दोब्बरसम्म भाडा लिएको पाइएको थियो ।
वीरगञ्जदेखि काठमाडौँसम्मको भाडा ८ सय ५० रुपैयाँ रहे पनि सुमो सञ्चालकले यात्रुहरूसँग १ हजार ७ सय रुपैयाँसम्म भाडा असुल गरेको पाइएको खतिवडाले बताउनुभयो ।‘यात्रुहरूसँग लिएको बढी भाडा फिर्ता गर्न लगाएर सञ्चालकलाई नियमानुसार कारबाही गरेका छौँ ।’ खतिवडाले भन्नुभयो ।बडादसैँ सकेर गन्तव्यतर्फ फर्किरहेको यात्रुहरूसँग सवारीसाधन धनीहरूले बढी भाडा लिने गरेकाछन् । निरीक्षक खतिवडालाई बढी भाडा माग्ने सवारीसाधन बारे प्रहरीलाई जानकारी गराउन आग्रह समेत गर्नुभएको छ ।उहाँलेले बढी रकम मागेको खण्डमा नजिकको ट्राफिक प्रहरी अथवा पैसा नलाग्ने टेलिफोन सेवा १०० र १०३ मा सम्पर्क गर्न पनि आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here