रौतहट,रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वड़ा नम्बर ८ मा रहेको प्रहरी चौकी सन्तपुरमा कार्यरत रहेका प्रहरी सहायक निरीक्षक दीनानाथ प्रसाद यादवलाई अनुसन्धानको लागि प्रहरी चौकीको जिम्मेवारी खासेर जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ ।
असई यादवमाथि साझा संस्था लिमिटेडको पुरानो भत्काइएको भवनको काठ हिनामिहा गरेको तथा सर्वसाधारणलाई विभिन्न बहाना बनाएर दुःख दिने गरेकोले आरोप लागेको छ । विवादास्पद प्रहरी सहायक निरीक्षक यादवलाइ जिल्ला बोलाएर अनुसन्धान शुरू गरिएको प्रहरी नायव उपरीक्षक एलिजा गिरीले बताउनुभयो ।
प्रहरी चौकीमा पुग्नुभएका चन्द्रपुर नगरपालिकाका पूर्वनगर प्रमुख रामचन्द्र चौधरीले कार्यालय परिसरमा राखेको काठको फर्निचर बनाएर सहायक निरीक्षक यादवल आफ्नो घरमा लागेकोले कानूनी कारबाही हुनुपर्ने बताउनुभएको छ ।
साझा संस्थाको काठबाट फर्निचर बनाएर घर लागेको आरोप निराधार रहेको असई यादवले दावी गरेका छन । प्रहरी चौकीमा आफ्नो दायित्व इमान्दारिता पूर्वक निर्वाह गरिरहँदा षडयन्त्रपूर्वक फसाउने कार्य गरिएको यादवको भनाई छ ।



















