आरके राजन
सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ स्थित नगर अस्पताल सञ्चालन गर्न बारा उद्योग वाणिज्य संघ सिम्रौनगढले नगरपालिकाका नगर प्रमुख किशोरीप्रसाद कलवारलाई ज्ञापनपत्र बुझाएको छ ।दुई महिना भन्दा बढि समयदेखि अस्पताल बन्द हुदाँ सेवाग्राहीलाई सास्ती भएको छ । सोही समस्यालाई मध्यनजर गर्दै संघले नगरप्रमुख कलवारलाई ज्ञापनपत्र बुझाएको हो ।संघले कार्यपालिकाको बैठकमा नगरप्रमुख कलवारलाई ज्ञापनपत्र बुझाएका थिए । तीन दिनभित्रमा अस्पताल पुनः सञ्चालनमा नल्याइए नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्ने संघको चेतावनी छ ।उद्योग वाणिज्य संघ सिम्रौनगढका अध्यक्ष लालबाबु प्रसाद कुशवाहाले नगरप्रमुख कलवारलाई पत्र बुझाउनुभएको हो ।सो अवसरमा उद्योग वाणिज्य संघ सिम्रौनगढका सचिव रामबाबु कुशवाहा, कोषाध्यक्ष दिनेशप्रसाद जयसवाल, सदस्य राजकिशोर सिंह लगायतको उपस्थिति रहेको थियो ।नगरपालिकाले करार सेवाका कर्मचारीको सेवा अवधि थप नगरेपछि मासिक तलब पनि नपाएर समस्यामा परेका स्वास्थ्यकर्मी र कर्मचरीहरुले अस्पताल बन्द गरेर आन्दोलन गर्दैआएका छन ।


















