पुष्पराज खतिवडा
बारा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको डुमरवाना दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २९आंै बार्षिक साधारणसभा सम्पन्न भएको छ ।डुमरवाना बहुमुखी क्याम्पस परिसरमा शनिवार आयोजित साधारणसभाको मधेस प्रदेश सरकारका भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्रीले उद्धाटन गर्नुभएको थियो ।
प्रमुख अतिथि मन्त्री क्षेत्रीले कृषि क्षेत्रको विकास र विस्तारमा धेरै काम अघि सारेको बताउनुभयो । दुध र दुग्धजन्य पदार्थको बजारमा पछिल्लो समय देखिएका समस्या समाधानमा सरकार गम्भीर रहेको उहाँको भनाई थियो । मधेस सरकारले दुग्ध उत्पादनका आधारमा प्रतिलिटर २ रुपैंयाको दरमा प्रोत्साहन अनुदान दिने तयारी गरिरहेको र केही दिनमा सूचना आउने बताउनुभयो ।
यस्तै मधेस प्रदेश सभासदस्य देवनारायण प्रसाद चौधरीले मधेस कृषिको उर्भर क्षेत्र भएको र यहाँको कृषि व्यवसायलाई अगाडि बढाउन सहकारी संस्थाहरुको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो । समग्र विकासमा सहकारीको योगदान सम्मान योग्य रहेकाले सरकारले ग्रामिण सहकारीहरुसँगको सहकार्यमा उत्पादन वृद्धिको काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा मधेस प्रदेशको दुग्ध विकास बोर्डका निर्देशक शंकर साह, केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका सचिव थानेश्वर सापकोटा, बारा जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष पुरुषोत्तम भट्टराई, डुमरवाना बहुमखी क्याम्पसका प्रमुख राधेश्याम शिवाकोटी, कृषि ज्ञान केन्द्र बाराका प्रमुख राजनाराण प्रसाद साह, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रामप्रसाद लामिछाने, १४ का चयन गुरुङ्ग, १२ का श्यामबाबु खाँ, १३ का हेमनाराण चौधरी, १६ का हरिदेव खरेल, संस्थाका पूर्वअध्यक्ष नारायण बर्तौला, टिकाराम न्यौपाने, समाजसेवी भरतबहादुर खड्का, अनिल मैनाली, चुडाहरी अधिकारी लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।
१ हजार ४ सय ३ सय महिलासहित २ हजार ८ सय ३३ सदस्यबीच दैनिक १५ हजार लिटर दुग्ध संकलन गर्दै आएको छ । सभाका अवसरमा संस्थाले १६ वटा उपकेन्द्र अन्तरगतका ३२ जना उत्कृष्ट दुध उत्पादक किसानलाई पुरस्कृत गरेको छ । यस्तै पत्रकार प्रदिप गौतम्, कर्मचारीहरुसहित विभिन्न विधाका अन्य ८ जना गरी कुल ४० जनाले सम्मान तथा पुरस्कार पाएको संस्थाका व्यवस्थापक संतोष भुजेलले जानकारी दिनुभयो ।डुमरवान दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष होमनाथ पंडितको अध्यक्षता, उपाध्यक्ष नारायणप्रसाद घिमिरे स्वागत एवं व्यवस्थापक भुजेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।



















