वीरगञ्ज,नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले मानिसमा सही र गलत छुट्याउन सक्ने विवेक हुनुपर्ने बताउनुभएको छ ।आइतवार समाजवादी प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार नरेश सर्राफको दोश्रो स्मृतिसभा तथा पुरस्कार वितरण समारोहमा बोल्दै पूर्वप्रधामन्त्री समेत रहेका नेपालले सबैकुरा खराब मात्रै भन्दै जाने हो भने त्यसले निराशा पैदा गर्ने बताउदै बिग्रिएको सबै चिजको गम्भीर समीक्षाको आवश्यकता रहेको बताउनुभयो ।
पत्रकारिता जगतले देशको बिग्रिएको परिस्थितिलाई सुधार गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउदै जे तथ्य हो त्यहि नै सत्य भएकोले त्यो भन्दा अरु सबै कुरा गलत हुने तर्क गर्नुभयो ।

राज्य र समाजबाट समेत निरुत्साहित बनाउन चालिएका कदमहरुले पत्रकारिता क्षेत्रलाई निराश बनाएको विषय प्रसँगहरु आएको भन्दै आन्तरिक समस्याहरु भए संवाद र छलफलको माध्यमबाट निकास निकाल्न सकिने उहाँको भनाई थियो । ‘एकले अर्काको अस्तित्व अस्वीकार गर्ने ढंगबाट गएमा त्यसले बेग्लै परिस्थितिको सृजना हुन्छ, अध्यक्ष नेपालले भन्नुभयो, ‘यसको लागि सही र गलछ छुट्याउने र समझदारी कायम गर्ने क्षमता हुनुपर्छ ।’ उहाँले हामी सबैलाई अधिकार चाहिने तर, कर्तव्यको बोध नगर्ने प्रवृत्तिले कसैको पनि भलो नहुने बताउनुभयो ।यसैबीच समाजवादी प्रेस संगठन पर्साले स्थापना गरेको पुरस्कार पत्रकार मनोज पटेललाई प्रदान गरिएको छ । स्व.नरेश सर्राफको दोश्रो स्मृतिसभा तथा पुरस्कार वितरण समारोहमा पत्रकार पटेललाई संगठनको तर्फबाट २१ हजार राशिको पुरस्कार प्रदान गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य पटेललाई नगद राशीसहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । संगठनका पर्सा अध्यक्ष शम्भुकुमार सुमनको अध्यक्षतामा कार्यक्रम भएको हो ।

Leave a Reply