कलैया,बाराको कलैयास्थित जिल्ला अस्पताल विकास समितिद्वारा संचालित एम्बुलेन्स विगत २ वर्षदेखि अस्पतालको प्राङ्गणमा थन्किएको छ ।
कोभिड–१९ को महामारीको बेला कलैया अस्पतालको एम्बुलेन्स जनताको सेवाका लागि खरिद गरिएको भएपनि एम्बुलेन्स भने प्रयोगमा आउन सकेको छैन । एम्बुलेन्सका पार्टपुर्जा बिग्रिएकोले संचालनमा आउन नसकेको हो ।
एम्बुलेन्समा ४ वटा टायर, ब्याट्री र पम्प मेशीन बिग्रिएरको अवस्थामा छ । तर सामान्य मर्मत गर्दा एम्बुलेन्स फेरि संचालनमा आउन सक्ने देखिए पनि मर्मत गर्ने विषयमा कसैले चासो दिएका छैनन् । कलैया अस्पताल विकास समिति भने यस विषयमा मौन रहेको छ । कलैया अस्पतालाई प्रदेश सरकारले हेर्न पर्नेमा यो विषयमा प्रदेश २ सरकारका सामाजिक विकास मन्त्रालयले पनि चासो देखाएको छैन ।