कोल्हबी,बाराको कोल्हबी नगरपालिका– १ बटौलियामा ट्याक्टरबाट लडेर एकजना वृद्धको मृत्यु भएको छ । ना.५ त ४६७५ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ट्याक्टर धनी ६५ वर्षीय नारायण चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।ट्रयाक्टरबाट लडेर गम्भीर घाइते भएका उनको एनएमसी अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ । त्यसैगरी सिम्रौनगढ नगरपालिका वडा नम्बर– ६ स्थित गण्डक नहरको सडकमा हिजो दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किदा दुई जना घाइते भएका छन । घाइते हुनेमा सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ सलेमपुर निवासी बिश्वनाथ साहका वर्ष १८ का छोरा श्री साह र सिम्रौनगढ वडा नम्बर २ अमृतगन्ज निवासी अकलु मुखियाका वर्ष २२ का छोरा शनी मुखिया रहेका छन । घाइते दुबैको सिम्रौनगढ रानीवास बजारको प्राईवेट क्लिनिकमा उपचार भइरहेको जनाइएको छ । ओभरटेक गर्ने क्रममा एउटै दिशाबाट आएका दुबै मोटरसाइकल एकआफसमा ठोक्किएका थिए । मोटरसाइकल ठोक्किएपछि दुबै जना सडकमा लडेका थिए । ईलाका प्रहरी कार्यलय सिम्रौनगढबाट पुगेको प्रहरी टोलीले उनीहरुको उद्धार गरी अस्पताल पु¥याएको हो । दुर्घटनामा परेको मोटरसाइकल नियन्त्रणमा लिइएको सिम्रौनगढ प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here