निजगढ,केरा बालीको बीमा कार्य तत्काल सुचारु नभए निजगढका किसानहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन ।
केरा बाली बीमा सुचारु गर्न माग राखेर बारा केरा तथा फलफूल उत्पादक व्यवसायी संघको नेतृत्वमा निजगढका किसानहरुलेबीमा प्राधिकरणमा बुझाएको ज्ञापनपत्रमा केराको बीमा सुचारु नभएआन्दोलन गर्ने चेतावनी दिएका हुन ।
संघका अध्यक्ष एकबहादुर श्रेष्ठसहितको टोलीले प्राधिकरणका कार्यकारी निर्देशक सुशिल सुवेदीलाई ललितपुरको कुमण्डोलस्थित कार्यालयमै भेटेर आइतवार ज्ञापनपत्र बुझाएको हो । ‘७ दिनभित्रमा बीमा कार्य सुचारु नभएर आन्दोलनमा उत्रिन बाध्य हुने छौं ।’ ज्ञापनपत्रमा भनिएको छ ।
‘प्राधिकरणलगायत नेपाल सरकारको विभिन्न नियमक निकायहरु र बीमा गर्ने कम्पनी हिमाल एभरेष्ट कम्पनीलाई महिनौं अघिदेखि बीमा गर्न पटक पटक लिखित र मौखिक जानकारी गराउँदा समेत केरा बाली बीमा सुचारु नभएको हुँदा किसानहरु मर्कामा परिरहेकाछन ।’ ज्ञापनपत्रमा भनिएको छ ।पत्रमा अगाडि भनिएकोछ–मधेश प्रदेश बारा जिल्ला केरा बालीको प्रधानमन्त्री कृषि परियोजना कार्यकम सञ्चालन भएको जिल्ला र निजगढ नगरपालिकामा केराको जोन कार्यकम सञ्चालन भई केरा सुपरजोन कार्यक्रममा विस्तार हुने क्रममा रहेको पनि उल्लेख गरिएको छ ।


















