कृष्ण मोहन साह
सेढवा,पर्साको जिराभवानी गाँउपालिकामा निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण शिवीर सम्पन्न भएको छ ।
गाँउपालिकाको आयोजना तथा सर्वोत्तम अस्पताल तथा रिसर्च सेन्टर वीरगञ्ज र थारु फर्मा मार्केटिङ्ग वीरगञ्जको सहयोगमा सो शिवीर सम्पन्न भएको हो । शिवीरमा ३ सय ८५ जनालाई निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरिएको थियो ।
गाउँपालिका अध्यक्ष अनोज चौधरीको अध्यक्षता तथा डा. चितरन्जन साहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
अस्वस्थकर खाना सेवनका कारण समान्य मानिसलाई मधुमेह, रक्तचाप, पत्थरी, ग्यास्टिक जस्ता रोगहरु लाग्ने गरेको बताउदै पालिका अध्यक्ष चौधरीले सर्वसाधारण जनताको स्वास्थ्य संरक्षण गर्ने उद्देश्यले स्वास्थ्य शिवीर आयोजना गरिएको बताउनुभयो ।सो शिवीरमा डा. चितरन्जन साह, डा. उमेशकुमार यादव, डा. दिपककुमार कुशवाहा, डा. अतिन्द्र मिश्रा, डा. कौशल सिंह र डा. मीता महर्जन झाले बिरामीहरुको स्वास्थ्य परीक्षण गरेका थिए ।

Leave a Reply