मधेस प्रदेशमा अलि बढी देखिने संघीयता कमजोर बनाउने अभ्यास पछिल्लो समय सुदुर पश्चिममा देखिएको छ ।
दुई दिनअगाडि एक राजनीतिक पार्टीले मुख्यमन्त्रीमा दाबी गरेकोमा फेरि उक्त दलका नेतालाई मुख्यमन्त्रीमा असयोग गरेको जनाऊ दिँदै त्यो प्रदेशको सानो मध्यको एक पार्टीले फेरि मुख्यमन्त्रीमा दाबी पेश गरेको छ ।
नेपालमा एक त संघीयता खासै सफल भइनरहेको अवस्थामा संघीयता वा प्रदेश सरकारहरु त केवल सत्ताका लागि मात्रै बनाइएको हो भन्ने संदेश दिन खोजिदैछ ।
नेपालमा संघीयताको अहिलेको अभ्यास दोश्रो हो । पहिलो कार्यकाल पनि सत्ता फेरबदलमा नै सकिएको प्रदेश सरकार यस पटक पनि यस्तै भएर बित्ने लक्षण देखिदैछ । कहिले कसैको समर्थनमा मुख्यमन्त्री र कहिले कसैको समर्थनमा मुख्यमन्त्री बन्ने संस्कारले संघीयता त कमजोर हुने निश्चित छ नै साथमा प्रदेशको काम कर्तब्य पनि प्रभावहिन हुने देखिएको छ । अहिलेका दलहरुले जति नै कुरा गरे पनि उनीहरु आफ संघीयता असफल बनाउन लागेको देखिन्छ । यही तौरतरिकाले त नेपालमा रहेका सात प्रदेशहरुको भविष्य खासै उज्वल छैन । सरकार बनाउने र गिराउने  खेलमा नै यसरी प्रदेशहरु लागि रहने हो भने प्रदेशको पनि अर्थ छैन । जनताको कुरा प्रदेश संसदमा उठेको पटक्कै छैन बरु आफ्नो अनुकुलको सरकार कसरी बनाउन सकिन्छ भन्नेमा दलहरु लागि रहेका छन् अनि शीर्ष भनिएका नेताहरुका लागि त प्रदेश नेता कार्यकर्ता व्यवस्थापन गर्ने गतिलो स्थान बनेको छ जुन राम्रो हुदै होइन ।

Leave a Reply