कलैया, १६ साउन– बारा जिल्लामा गत आर्थिक वर्षमा रु एक अर्बभन्दा बढी बजेट फ्रिज भएको छ ।

बारामा विकास लगायत ५० वटा कार्यालयबाट गत आर्थिक वर्षमा खर्च गर्न नसक्दा उक्त रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बाराले जनाएको छ ।

आर्थिक बर्ष २०७६ ÷०७७ मा संघीय र प्रदेश सरकारबाट प्राप्त कूल रकममध्ये रु एक अर्ब २५ करोड ९१ लाख ५७ हजार ५ सय ५१ रुपैया फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय बाराका निमित्त प्रमुख पवन अधिकारीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार गत आर्थिक वर्षकालागि जिल्लाका विभिन्न कार्यालयमा संघीय सरकारबाट प्राप्त भएको रकममध्ये रु ५७ करोड एक लाख ५४ हजार पाँच सय ४६ तथा प्रदेश सरकारबाट प्राप्त रकममध्ये रु ६८ करोड ९० लाख दुई हजार ९ सय ५९ गरी कूल रु एक अर्ब २५ करोड ९१ लाख ५७ हजार ५ सय ५१ फ्रिज भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here