सिमरा,नेकपा एमाले जीतपुरसिमरा उपमहानगरपालिका ३ नम्बर वडा कमिटीको बिस्तारित बैठक बजनीमा आइतवार सम्पन्न भएको छ ।कार्यक्रम नेकपा एमाले मधेस प्रदेश कमिटीका सचिव मनोज पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले मधेसको विकास नेकपा एमाले नेतृत्वको सरकारको पालामा भएको औंलाउनुभयो । उहाँले हुलाकी मार्ग निर्माणको काम, मधेसका जिल्ला सदरमुकामसँग जोड्ने सडक चार लेनको बनाउने, सिँचाई लगायतका योजनामा एमालेले बजेट विनियोजन गरेको र त्यसैअनुरुप काम अगाडि बढेको स्पष्ट पार्नुभयो ।
उहाँले एमाले बाहेक अन्य दलले जनताको पक्षमा कामै गर्न नसक्ने भएकोले एमाले र एमालेका अध्यक्षका केपी शर्माका विरुद्धमा मिडिया ट्रायल भएको स्पष्ट पार्नुभयो ।

सचिव पौडेलले एमाले विरुद्ध चौतर्फी घेराबन्दी भइरहेकोले सो घेराबन्दीलाई तोडेर अगाडि बढ्न पार्टी कार्यकर्तालाई आग्रह समेत गर्नुभयो । उहाँले एमालेमाथि बिरोधीले लगाउने गरेका आरोपहरु सबै झुठा भएको दाबी समेत गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य तथा एमाले मधेस प्रदेश सदस्य देवनारायण चौधरीले आफू निर्वाचित भएको क्षेत्रमा पूर्वाधारका नयाँ योजना अघि बढाएको बताउनुभयो ।कार्यक्रममा मधेस प्रदेश सदस्य सुन्दर विश्वकर्मा, जिल्ला कमिटी सचिवालय सदस्य तथा जीतपुरसिमरा उपमेयर भोलाप्रसाद अधिकारी, जिल्ला सचिवालय सदस्य कृष्ण खनाल, पूर्वजिल्ला कमिटी सदस्य अमृतलाल श्रेष्ठ, जिल्ला कमिटी सदस्यहरू रमेश खरेल, आरिफ हुसैन, आदिवासी जनजाति महासंघका जिल्ला कमिटी सचिव जयकिशोर चौधरी, नगर कमिटी सचिव रत्न उप्रेती, नगर कमिटी उपसचिव त्रिलोक बिक्रम शाहालगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा नगर कमिटी सदस्यहरू मदन तिमल्सिना, घनश्याम बस्नेत, बिनीता खड्का, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ की कार्यवहाक वडा अध्यक्ष माया वि.क., वडा सदस्यहरू चीनबहादुर पाख्रीन, अनिता खत्री, देवनारायण चौधरीलगायतको उपस्थिति रहेको थियो ।
वडा कमिटीका अध्यक्ष शुक्रबहादुर श्रेष्ठको अध्यक्षमा र गणेश थपलियाको सहजीकरणमा कार्यक्रम सम्पन्न सम्पन्न भएको हो । कार्यक्रममा यसअघि वडाको इन्चार्ज रहनुभएका आरिफ हुसैन र रमेश खरेललाई कदरपत्रसहित विदाई गरिएको थियो भने नयाँ वडा इन्चार्ज कमल देवकोटालाई स्वागत गरिएको थियो ।
नेकपा एमाले निजगढ नगर कमिटीको पुर्ण बैठक
निजगढ,नेकपा एमाले निजगढ नगर कमिटीको पुर्ण बैठक शनिवार सम्पन्न भएको छ । निजगढ उद्योग बाणिज्य संघको सभाहलमा बसेको बैठकले यही मंसिर महिनाभित्र हुने भनिएको अधिबेशनको तयारीको क्रममा नगर अध्यक्ष सुरथ पुरीले पेस गर्नुभएको प्रस्ताव पारित गरेको छ ।बैठकले अधिवेशन तयारीको लागि विभिन्न उपसमितिहरु गठन गर्नुको साथै अधिबेशनको मिति, समय र स्थान तोक्ने जिम्मा भने पार्टी सचिवालय कमिटीलाई दिने निर्णय पनि गरेको छ ।
नगर अध्यक्ष पुरीको अध्यक्षतामा भएको सो बैठकमा एमाले मधेस प्रदेश कमिटीका सदस्य एवंम प्रदेश सभा सदस्य त्रिलोकी चौधरी, प्रदेश कमिटी सदस्य सुदर्शन कोइराला, लिलादेबी लामिछाने, दुर्गा कोइरालालगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि त्रिलोकी चौधरी, प्रदेश सभाका पूर्वसदस्य एकबहादुर श्रेष्ठ, नारायण गौतमले अधिवेशन तयारीको बारेमा बोल्नुभएको थियो ।बैठकमा नगर कमिटी सदस्य, नगरभित्र रहेका प्रदेश, जिल्ला कमिटीका सदस्य, वडा कमिटीका अध्यक्ष तथा सचिव, पार्टी नगर सल्लाहकार कमिटीका सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन नगर कमिटीका सहसचिव थानेश्वर सापकोटाले गर्नुभएको थियो ।

Leave a Reply